×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दोर्दीखोला जलविद्युत कम्पनीको आइपीओ सूचिकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको आईपीओ नेप्सेमा बुधबार (आज) सूचीकृतसँगै बिहिबार (भोली)बाट कारोबारमा आउने भएको हो ।

यो कम्पनीको १०० अंकित दरले  कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ७५ लाख ९० हजार ६७५ कित्ता, सर्वसाधारणको १८ लाख ९७ हजार ६६९ कित्ता र स्थानीयको १० लाख ५४ हजार २६० कित्ता रहेको छ । नेप्सेले यो कम्पनीको ‘डीओआरडीआई’ (दोर्दी) कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम १०२.३९ रुपैयाँदेखि अधिकतममा ३०७.१७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

यो कम्पनीले गत जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । आईपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा गत असार ८ गते सम्पन्न भएको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: