Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट बैंकबाट पैसा निकालेर फर्किँदै गरेकी महिला लुटिइन्, यस्तो छ घटनाको थप विवरण…

अर्थ सरोकार

जनकपुर । जनकपुरमा बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ । जनकपुरधाम १ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम झिकेर घरतर्फ फर्किदैगर्दा लुटेराहरुले २ लाख रुपैँया लुटेर भागेका हुन् ।

‘पैसा झिकेर म घर फर्किदै थिएँ। अचानक पछाडीबाट मोटरसाइकलमा दुईजना आए र पैसा खोसेर भागे’, पिडित यादवले भनिन्, ‘साउदीमा रहेका श्रीमान्ले पठाएको पैसा थियो। मोनास्टिक स्कुल नजिकै मोटरसाईकलमा आएका दुई जनाले पैसा भएको झोला नै खोसेर भागे ।’

रकम लुटिएको भन्ने शर्मिलाको उजुरीका आधारमा लुटेराहरुको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK