जनकपुर । जनकपुरमा बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ । जनकपुरधाम १ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम झिकेर घरतर्फ फर्किदैगर्दा लुटेराहरुले २ लाख रुपैँया लुटेर भागेका हुन् ।
‘पैसा झिकेर म घर फर्किदै थिएँ। अचानक पछाडीबाट मोटरसाइकलमा दुईजना आए र पैसा खोसेर भागे’, पिडित यादवले भनिन्, ‘साउदीमा रहेका श्रीमान्ले पठाएको पैसा थियो। मोनास्टिक स्कुल नजिकै मोटरसाईकलमा आएका दुई जनाले पैसा भएको झोला नै खोसेर भागे ।’
रकम लुटिएको भन्ने शर्मिलाको उजुरीका आधारमा लुटेराहरुको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्