काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘एम अधिकारी’ प्रकरणमा तानिएपछि एमालेले एम अधिकारीको परिचय खुलाएको छ । एमालेले खोटाङ घर भई हाल बिराटनगर बस्ने मनोज अधिकारी नै एम अधिकारी भएको दाबी गरेको छ ।
मनोजको थप परिचय खुलाउँदै एमालेले अर्थ तथा योजना विभागको बैठकमा सहभागी हुन उनी विराटनगरबाट काठमाडौं आउने जानकारीसमेत दिएको छ । अधिकारी निकट स्रोतले उनी काठमाडौँ आउन लागेको पुष्टी गरेको छ।
‘अर्थ तथा योजना विभागमा रहनुभएका एम अधिकारी चार्टड एकाउन्टेन्ट मनोज अधिकारी हुनुहुन्छ, उहाँको स्थायी ठेगाना खोटाङ हो, अहिले कामको सिलसिलामा विराटनगरमा बस्नुहुन्छ ।’ एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले भने- ‘उहाँ हाम्रो पार्टीको संगठित र क्रियाशील व्यक्ति हो ।
मनोज अधिकारी बिराटनगरमा सिए फर्म संचालन गर्छन् । उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संघका नवनिर्वाचित प्रदेश नम्बर १ का प्रमुखसमेत हुन् ।
केहि दिनअघि मात्र काठमाडौँमा एक्यानका नवनिर्वाचित पदाधिकारीहरुको सपथ कार्यक्रममा उनले महाप्रसाद अधिकारीबाट नै बधाई थापेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्