Skip to content
LAXMI SUNRISE BANK

गाउँलेसँग करोड उठाएर भुमिका घर्ती फरार !

अर्थ सरोकार

बुटवल । रुपन्देहीको देवदहमा एक महिला गाउँलेसँग पैसा उठाएर फरार भएकी छिन् । गाउँलेहरुसँग विभिन्न बहानामा एक करोड रुपैयाँ बढी रकम उठाएर फरार भएको भन्दै स्थानीय वासिन्दाले खोजी गरिदिन आग्रह गर्दै पत्रकार सम्मेलन नै गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

पाल्पा कसेनी स्थायी घर भई देवदह नगरपालिका–७ मा बस्दै आएकी भुमिका घर्ती मगरले जग्गा खरीदमा पार्टनर गर्ने, सापटी चाहियो भन्ने बहानामा, समान खरिदको बहानामा लगायत विभिन्न बहानामा  १८ जना भन्दा बढीसँग रकम संकलन गरेर डेढ वर्षदेखि सम्पर्कविहीन भएकी हुन् । ६० हजारदेखि १५ लाखसम्म रकम विभिन्न व्यक्तिहरुसँग उठाएर उनी सम्पर्कविहीन भएकी हुन्।  भूमिकासँगै उनका श्रीमान समरबहादुर पनि सम्पर्कविहीन छन् ।

यसो त कतिपयले लिखत गरेर नै उनलाई पैसा दिएका छन् । पैसा फिर्ता पाउने आशमा बसेका स्थानीयले उनी सम्पर्कमै नआएपछि पत्रकार सम्मेलन गरेर उनलाई खोजी गरिदिन आग्रह गरेका छन् ।  गाउँलेहरुले सामूहिक रुपमा देवदह प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएका छन् ।

देवदह प्रहरी चौकीका इन्स्पेक्टर गंगा सारुले पीडितले उजुरी दिएको पुष्टी गरेका छन् । फरार महिलाको खोजी कार्य र अनुसन्धान भइरहेको उनको भनाई छ । तर उनका अनुसार अहिलेसम्म उनी कता भागिन् भन्ने क्लु प्रहरीले पाईसकेको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK