काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ उनले यस्तो बताएका हुन् ।अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने उनको भनाई छ । उनले यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भन्दै थापाले तत्काल राजिनामा दिनुपर्ने बताएका हुन् ।
‘अहिले अर्थ मन्त्रालयले सिसिटिभि फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडी मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्शनमा जानुपर्छ, यत्रो विषय संसदमा उठ्यो, बाहिर उठ्यो, हो, होइन मलाई थाहा छैन,तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ, र तत्काल छानबिन गर्नुपर्छ,’ संचारकर्मीसँग कुराकानी गर्दै उनले भने- ‘‘हाम्रो आफ्नै कार्यविधि छ, हाम्रो आफ्नै नियम, कानूनले पनि हामीलाई कम्तिमा तीन महिनासम्मको सिसिटिभि फुटेज राख्नेकुरा भनिहाल्छ, त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ, यसको करको दर भनेको चाहीँ सामान्य कुरा होइन, कसैले सामान्य मानविय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन, यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन, यस्तो गर्यौं भने अत्यन्त यसको एउटा नजिर बस्छ, र जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ, वा हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ । त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हीतमा छ, तत्काल उहाँले राजीनामा दिने,’
बजेट बनाउँदा करका दरहरु परिवर्तन गरेर निश्चित स्वार्थ समूहका लागि काम गरेको आरोप उनीमाथि छ । आज नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि अर्थमन्त्रीले तत्काल राजिनामा दिएर उनलाई छानविनको दायरामा ल्याउनुपर्ने बताएका छन् । आज नै संसदमा अन्य सांसदहरुले पनि अर्थमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् । योसँगै अर्थमन्त्रीलाई पदबाट राजिनामा दिन दबाब बढेको छ । यस विषयमा अर्थमन्त्री शर्माले आफ्नो पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्