काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सेयर बजारबारे नेपाल राष्ट्र बैंकले ल्याएको नीति गलत रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै उनले गभर्नर अधिकारीले निश्चित मान्छे पोस्न ल्याएको नीतिले साना लगानीकर्ता मारमा परेको बताएका हुन् ।
‘सेयर बजारमा सुधार गर्ने भनेर नीति ल्याइयो । यसले ठूलालाई पोस्ने, सानालाई कस्ने काम भयो । राष्ट्र बैंकले जे सोचेको भए पनि नेपाली जनताले अपेक्षा गरेको परिणाम नआइसकेपछि अब यसलाई सच्याउनुपर्छ । यसलाई सच्याइएन, हटाइएन, बन्द गरिएन भने लाखौं सेयरमा लगानी गरेका साना लागानीकर्ताहरू सडकमा आइपुग्छन्,’ संसदमा बोल्दै उनले भने ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति प्रश्न गरेका छन् । एमाले अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीको नाम रहेको चर्चा चलिरहेका बेला सांसद थापाले पनि प्रश्न उठाएका हुन् ।
उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुनेगरी ल्याउनुपर्ने उनको भनाई थियो ।’आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्छ । तरलताको अभाव, चुँलिदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, अकासिँदो मूल्यवृद्धि र मागमा संकुचलन यी चुनौतिहरूलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याइनुपर्छ,’ राष्ट्र बैंकलाई सुझाव दिंदै उनले भने- ‘परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणालीबाहिर रहेको पैसालाई सिस्टममा ल्याउने कुरा र केही घरानाहरूको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याएर आउने आँट मौद्रिक नीतिमार्फत गरिनुपर्छ ।’
राष्ट्र बैंकलाई सुझाव दिएका सांसदले गभर्नरमाथि व्यंग्यसमेत गर्न भ्याए । उनले भने, ‘मैले गरेको यो सबै, सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकको गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो । एमालेको अर्थ तथा योजना विभाग सदस्य मिस्टर एम. अधिकारीलाई मलाई भनेको हो कि भन्ने बुझ्नुभएमा क्षमा चाहन्छु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्