×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा गगनको व्यंग्य-‘मेरो सुझाव गभर्नर महाप्रसादलाई हो, एम अधिकारीलाई भनेजस्तो लागे क्षमा चाहान्छु’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ असार २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

संसदमा गगनको व्यंग्य-‘मेरो सुझाव गभर्नर महाप्रसादलाई हो, एम अधिकारीलाई भनेजस्तो लागे क्षमा चाहान्छु’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सेयर बजारबारे नेपाल राष्ट्र बैंकले ल्याएको नीति गलत रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै उनले गभर्नर अधिकारीले निश्चित मान्छे पोस्न ल्याएको नीतिले साना लगानीकर्ता मारमा परेको बताएका हुन् ।
‘सेयर बजारमा सुधार गर्ने भनेर नीति ल्याइयो । यसले ठूलालाई पोस्ने, सानालाई कस्ने काम भयो । राष्ट्र बैंकले जे सोचेको भए पनि नेपाली जनताले अपेक्षा गरेको परिणाम नआइसकेपछि अब यसलाई सच्याउनुपर्छ । यसलाई सच्याइएन, हटाइएन, बन्द गरिएन भने लाखौं सेयरमा लगानी गरेका साना लागानीकर्ताहरू सडकमा आइपुग्छन्,’ संसदमा बोल्दै उनले भने ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति प्रश्न गरेका छन् । एमाले अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीको नाम रहेको चर्चा चलिरहेका बेला सांसद थापाले पनि प्रश्न उठाएका हुन् ।
उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुनेगरी ल्याउनुपर्ने उनको भनाई थियो ।’आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्छ । तरलताको अभाव, चुँलिदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, अकासिँदो मूल्यवृद्धि र मागमा संकुचलन यी चुनौतिहरूलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याइनुपर्छ,’ राष्ट्र बैंकलाई सुझाव दिंदै उनले भने- ‘परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणालीबाहिर रहेको पैसालाई सिस्टममा ल्याउने कुरा र केही घरानाहरूको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याएर आउने आँट मौद्रिक नीतिमार्फत गरिनुपर्छ ।’
राष्ट्र बैंकलाई सुझाव दिएका सांसदले गभर्नरमाथि व्यंग्यसमेत गर्न भ्याए । उनले भने, ‘मैले गरेको यो सबै, सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकको गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो । एमालेको अर्थ तथा योजना विभाग सदस्य मिस्टर एम. अधिकारीलाई मलाई भनेको हो कि भन्ने बुझ्नुभएमा क्षमा चाहन्छु ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: