×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर अधिकारी ओलीको छोराजस्तै भएको संसद महतको टिप्पणी, भने-‘ यीनले देश जलाउँछन्, सरकारले बाँधेर राख्नुपर्छ’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ असार २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

गभर्नर अधिकारी ओलीको छोराजस्तै भएको संसद महतको टिप्पणी, भने-‘ यीनले देश जलाउँछन्, सरकारले बाँधेर राख्नुपर्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले देशलाई श्रीलंका बनाउँछु भन्ने गभर्नर महाप्रसाद अधिकारी केपी ओलीको हनुमान भएको र तीनलाई सरकारले बाँधेर राख्नुपर्ने बताएका छन् । उनले गभर्नर अधिकारीलाई केपी ओलीको छोराजस्तै भएको टिप्पणीसमेत गरे ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा माओवादी केन्द्रका गजेन्द्र महतले गभर्नरलाई बाँधेर नराखे द्वापर युगमा हनुमानले श्रीलंका जलाएजस्तै देश जलाउने चेतावनीसमेत दिएका छन्।
‘सभामुख महोदय, मलाई शंका लागिरहेको थियो । एकजना बार्दलीमा बसेर यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए, एकजना ढुकुटीमाथि बसेर म पनि यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए । यी दुई जनामा नाता पर्छ कि जस्तो लागेको थियो, नभन्दै यिनी बा र छोरा रहेछन्फे । यी बार्दलीका हनुमान हुन् कि जस्तो पनि लाग्थ्यो,  नभन्दै यी हनुमान रहेछन् द्वापर युगमा यिनले श्रीलंका जगाएका थिए सभामुख महोदय । अहिले पनि श्रीलंका जलिराखेको छ, नेपाल पनि जलाउँछन् जस्तो लागिरहेको छ यिनले । यी हनुमानले जगाउन खोजेका छन्, सरकारलाई भन्नुस् यिनलाई बाँधेर राख्नु पर्‍यो । नत्र यिनले नेपाल जलाउँछन् ।’ संसदमा उनले भने ।
साथै संसदमा गगन थापा लगायतले पनि गभर्नर अधिकारीको कामप्रति असन्तुष्टी व्यक्त गरेका थिए । माओवादी र कांग्रेस सांसदले गभर्नरमाथि कारवाही हुनुपर्नेसमेत माग गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: