×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंको खुद नाफामा २५ प्रतिशतले वृद्धि, अन्य सुचक कस्ता ? (अन्य विवरणसहित)

PRIME CA

ग्लोबल आइएमई बैंको खुद नाफामा २५ प्रतिशतले वृद्धि, अन्य सुचक कस्ता ? (अन्य विवरणसहित)

६ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अघिल्लो वर्षकोभन्दा यसवर्ष ग्लोबल आइएमई बैंकको खुद नाफामा २५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७–७८ मा ४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्ष २०७८–७९ मा भने ५ अर्ब २० करोड खुद नाफा कमाएको हो । जुन, अघिल्लो आर्थिक वर्षको भन्दा २५ प्रतिशतले बढी हो ।

बैंकले गत आर्थिक वर्ष २०७८–७९ को चौँथो त्रैमाससम्ममा २ खर्ब ७७ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै सोही अवधिमा २ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । जसबाट बैंकले आर्जन गरेको खुद ब्याज नाफा मात्रै १८ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ४९.५० प्रतिशत बढी हो । बैंकको वितरण योग्य नाफा भने ३ अर्ब १९ करोड ९३ लाख रुपैयाँ रहेको छ । साथै, गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १३ अर्ब ४७ करोड रुपैयाँ बढी खुद सञ्चालन नाफा कमाएको छ ।

गत आवको चौथो त्रैमाससम्म बैंकको सीडी रेसियो ७६.३१ प्रतिशत, बेसरेट ६.६० प्रतिशत, स्प्रेडरेट ३.६५ प्रतिशत र खराब कर्जा अनुपात १.४६ प्रतिशत रहेको छ । गत असार मसान्तसम्म बैंकको प्रतिसेयर मूल्य ३ सय १६ रुपैयाँ, प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ५६ रुपैयाँ ११ पैसा र तरलता अनुपात २३.५५ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: