×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेको स्पष्टीकरण : ‘एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर होइनन्’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

एमालेको स्पष्टीकरण : ‘एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर होइनन्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ । एमाले कार्यालय सचिव भीष्म अधिकारीले बुधबार गभर्नर अधिकारीलाई स्पष्ट पारिएको व्यहोराको पत्र पठाउँदै उक्त व्यक्ति गभर्नर नभएको प्रष्ट पारेका हुन् ।

उक्त पत्रमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागहरुमा र कमिटमा नराख्ने वैधानिक व्यवस्था रहेको पनि उल्लेख गरिएको छ । गभर्नर अधिकारीले बुधबार एम अधिकारीको विषयमा प्रश्न उठेपछि आफू कुनै पनि पार्टीमा नरहेको र त्यस्तो पदमा बस्ने कल्पना पनि नगरेको उल्लेख गर्दै आफूलाई जोडेर भ्रम सिर्जना गरिएकोले यसबारे स्पष्ट पारिदिनुहुन अनुरोध गर्दै एमालेलाई पत्र पठाएका थिए ।

त्यही पत्रको जवाफ दिँंदै एमाले कार्यालय सचिवले गभर्नर अधिकारीलाई स्पष्ट पारिएकोबारे पत्र पठाएका हुन् । गभर्नर अधिकारीलाई एमालेले पठाएको पत्रमा विभागमा रहेको एम अधिकारी राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको उल्लेख गरिएको छ ।

 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: