×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर अधिकारी बिदामा बस्ने !

PRIME CA
GLOBAL IME BANK

गभर्नर अधिकारी बिदामा बस्ने !

३१ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ‘एम अधिकारी’ प्रकरणमा चौतर्फी विरोध भएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विदामा बस्ने भएका छन् । नेपाल राष्ट्र बैंकको उच्च स्रोतले दिएको जानकारी अनुसार कामु गभर्नरको जिम्मा निलम ढुंगानालाई दिएर गभर्नर अधिकारी बिदामा बस्ने भएका हुन् ।

‘एम अधिकारी’ प्रकरण नसेलाउन्जेल बिदामा बस्ने र त्यतिन्जेल सम्मका लागि कामु गभर्नरमा निलम ढुंगानालाई जिम्मेवारी दिनेगरी छलफल भएको छ । यद्यपी मौद्रिक नीति ल्याएर बिदामा बस्ने वा उनी बिदामा बसेर ढुंगानालाई नै मौद्रिक नीति ल्याउन दिने बिषयमा भने छलफल जारी छ ।

‘सम्भवत: महासरले नै मौद्रिक नीति ल्याउनुहुन्छ । त्यसपछि उहाँ विदामा बस्नुहुन्छ । कामु गभर्नरको जिम्मा ढुंगानाले लिनुहुन्छ । त्यसपछि एम प्रकरण कता जान्छ, त्यहि अनुसारको थप निर्णय होला ।’  राष्ट्र बैंकको उच्च स्रोतले भन्यो-‘जे होस् गभर्नर सापले केहि समय बिश्राम लिने कुरा गर्नुभएको छ । संभवत: अव यहि हुन्छ होला ।’  उनका अनुसार हिजोमात्र प्रधानमन्त्रीकहाँ पुगेर गभर्नरले मौद्रिक नीतिबारे ब्रिफिङसमेत गरेका थिए । प्रधानमन्त्रीले मौद्रिक नीतिमा आउने केहि विषयहरुमा घुमाउरो पारामा निर्देशनसमेत दिएको उनको भनाई छ ।

‘प्रधानमन्त्रीको आशय मार्ग प्रशस्त गर्नू नै भन्ने थियो । गभर्नरले मौद्रिक नीति ल्याएर बिदामा बस्ने संकेत गरेपछि प्रधानमन्त्रीले मौद्रिक नीतिका केहि विषयमा चासो राख्नुभएको थियो ।’ उनले भने । उनका अनुसार सेयर कर्जामा ४-१२ को सिमा हटाउने लगायतका विषयमा प्रधानमन्त्रीको चासो थियो ।  ‘मौद्रिक नीति केहि समयमा आउला । तर महा सर नै गभर्नर रहीरहँदा मौद्रिक नीति कसले मान्ने, कसले नमान्नेजस्तो पनि देखिने भएकाले त्यसको जिम्मा निलम ढुंगानालाई दिएर उहाँ बिदा बस्ने कुरा भएको छ ।

‘ स्रोतले भन्यो, ‘एम प्रकरणमा एमालेले आफुलाई फसाएको तर्क गभर्नर सापको छ । उहाँ राष्ट्र बैंक छोड्ने नै मुडमा पनि हुनुहुन्न, नछोडी बस्दा पनि गाह्रो हुने भयो । त्यसैले मध्यमार्गी बाटो अपनाइएको छ ।’ यता यस विषयमा गभर्नर अधिकारीले भने यस विषयमा कुरा गर्न खोज्दा उनी सम्पर्कमै आएनन् । यता उनले देउवाको समेत प्रेसर भएकाले अधिकारीले राजिनामा दिन सक्ने सम्भावना समेत रहेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: