×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरविरुद्ध माइतीघरमा कार्टुन प्रदर्शन, फोटो / भिडियोमा हेर्नुहोस् ‘लाज हराएको मान्छेदेखि, महाबहादुरसम्मका कार्टुन…’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

गभर्नरविरुद्ध माइतीघरमा कार्टुन प्रदर्शन, फोटो / भिडियोमा हेर्नुहोस् ‘लाज हराएको मान्छेदेखि, महाबहादुरसम्मका कार्टुन…’

काठमाडौँ । ‘एम अधिकारी’ प्रकरणमा मुछिएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै प्रदर्शन गरिएको छ । बिहीबार गभर्नर अधिकारीलाई बर्खास्त गर्नुपर्ने मागसहित मइतीघर मण्डलामा विद्यार्थि संगठनहरुले चर्को आन्दोलन गरेका छन् । आन्दोलनरत विद्यार्थिहरुले कार्टुन प्रदर्शन गरेका छन् ।

बुधाबार नेपाली कांग्रेस निकट नेविसंघ, माओवादीको अखिल(क्रान्तिकारी) र नेकपा एकिकृत समाजवादीको अनेरास्ववियुले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित देशभरका कार्यालयहरमा कालो ब्यानरसहित प्रदर्शन गरेका थिए । सोही समूहले पूर्व निर्धारित कार्यक्रम अनुसार बिहीबार दमाइतीघर मण्डलामा गभर्नरको बर्खास्तिको मागसहित कार्टुन प्रदर्शन गरेका हुन् ।

आन्दोलको कार्यतालिका अनुसार साउन ६ गते शुक्रबार देशैभरीका क्याम्पसहरुका विरोध स्वरुप प्रदर्शन गरिनेछ । त्यस्तै साउन ७ गते सडकबाट सन्देश पठाउने कार्यक्रमसमते विद्यार्थी संगठनहरूले तय गरेका छन् । विद्यार्थि संगठनहरुले नेकपा एमालेले आफ्नो अर्थ तथा योजना विभाग सदस्यमा एम अधिकारीको नाम उल्लेख गरेको थियो । र सो एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर नै भएकोले बर्खास्तिको मागसहित आन्दोलन गरिहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: