×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीलाई भेटेर गभर्नर अधिकारीले के-के भने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्रीलाई भेटेर गभर्नर अधिकारीले के-के भने ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली र प्रधानमन्त्री शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले गभर्नर अधिकारीलाई पछिल्लो घटनाक्रमले चौतर्फी दबाब परेको भन्दै मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागमा बसेको भन्दै यतिबेला आलोचित छन् ।

गभर्नर अधिकारीको विषयलाई लिएर प्रतिनिधिसभामा पनि सांसदहरुले कुरा उठाईरहेका छन् । माओवादी केन्द्रका भातृ संगठनदेखि सेयर लगानीकर्ताहरु अधिकारीको राजिनामा माग गर्दै आन्दोलनमा समेत होमिएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी भईरहेका बेला प्रधानमन्त्रीले गरेको यो आग्रहलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्रोतका अनुसार निलम ढुंगानालाई कामु गभर्नर दिएर उनले नै मौद्रिक नीति ल्याउनेगरी तयारी गर्न प्रधानमन्त्री देउवाको निर्देशन छ ।

‘प्रधानमन्त्री देउवा र प्रचण्डबीच यसअघि नै छलफल भएको थियो । गभर्नर अधिकारीलाई बोलाएर देउवाजीले मार्ग प्रशस्त गर्न आग्रह गरिसक्नुभएको छ ।’ देउवानिकट स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘सम्भवत: अव गभर्नरज्यूले मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने छ ।’

देउवाको यस्तो निर्देशनपछी अव अधिकारीको राजिनामा आउला कि नआउला भन्ने बहस छेडिएको छ ।

यता राष्ट्र बैंक स्रोतको दाबी भने अर्कै छ । ‘गभर्नर सापसहितको टोली प्रधानमन्त्री निवास पुगेको हो । तर उहाँले राजिनामा नै माग्नुभएको भने होइन ।’ स्रोतले भन्यो- प्रधानमन्त्री देउवाले अहिले अर्थमन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको छ । त्यसैले उहाँले बोलाउनु स्वाभाविक पनि हो । सो बैठकमा गभर्नरसापसहित  उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडु, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, राज्यमन्त्री उमेश श्रेष्ठसहित तालुक मन्त्रालयका सचिवहरुको उपस्थिती रहेको थियो । राष्ट बैंकका तर्फबाट दुई जना डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरुको पनि गभर्नरसापसँगै जानुभएको थियो । मौद्रिक नीतिका विषयमा प्रधानमन्त्रीले केहि कुरा राख्नुभएको छ । भएको यति हो । छुट्टै बोलाएर राजिनामाको कुरा भएको भए हामीलाई थाहा भएन ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: