काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिएपछि सार्वजनिक कार्यक्रममा जान छोडेका छन् । बुधबार नेपाल चार्टड एकाउन्टेट्स संघ (एक्यान)ले गरेको मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा अतिथि बनाइएका अधिकारीले सो कार्यक्रममा आफु आउन नसकेको भन्दै डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठाएका छन् । यसले पनि अधिकारी पछिल्लो प्रकरणबाट तनावमा छन् भन्ने बुझ्न गाह्रो छैन ।
बुधबार बसेको संसद बैठकमा पनि विभिन्न सांसदहरुले गभर्नर अधिकारीमाथि प्रश्न उठाएका थिए ।
गभर्नर अधिकारी नगएपछि अहिले सो कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र अतिथिका रुपमा छन् । सो कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय, नबिल बैंकका डेपुटी सीइओ मनोज कुमार ज्ञवाली, सीएनआईका अध्यक्ष, एफएनसीसीआईका अध्यक्ष लगायत उपस्थित भएका छन् ।
गभर्नर नआएपछि कार्यक्रम केहि खल्लो भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्