×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

गभर्नर अधिकारीविरुद्ध ३ विद्यार्थी संगठनको प्रदर्शन, फोटो / भिडियोमा हेर्नुहोस् राष्ट्र बैंक परिसरमा जे देखियो…

SAGARMATHA CEMENTS
काठमाण्डौ । ‘एम अधिकारी’ प्रकरणमा मुछिएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध तीन विद्यार्थी संगठनका विद्यार्थीले राष्ट्र बैंक अगाडी कालो ब्यानरसहित प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले राष्ट्र बैंकको कार्यालय नै पुगेर विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका लागि राष्ट्र बैंक पुगेका प्रदर्शनकारीले राष्ट्र बैंक परिसरमा कालो ब्यानरसमेत टाँगेका थिए । तर केहि तस्विर खिचीसकेपछि विद्यार्थी नेताहरुकै अगाडी प्रहरीले ब्यानर च्यातेका छन् ।
प्रदर्शनमा प्रदर्शनकारीहरुले,  ‘एमाले गभर्नर मुर्दाबाद, गभर्नर भएर राजनीति गर्न पाईदिन, एमाले गभर्नर बालकोट जा !’ लगायतका नारा लगाएका थिए । यता विद्यार्थीहरुले भने गभर्नरले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । बाँकी फोटोमा हेर्नुहोस् 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal