×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गभर्नरविरुद्धको प्रदर्शनमा प्रहरीको दमन, जनआन्दोलनकै झल्को दिनेगरी समातिए प्रदर्शनकारी (फोटो-फिचर)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । जनआन्दोलनकै झल्को दिनेगरी प्रहरीले गरेको सो दमनमा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।
प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए । कार्यक्रममा प्रहरीले आन्दोलनकारीलाई घिसार्ने, उनीहरुको कपडा च्यातिदिने लगायतका हर्कत गरेकोसमेत देखिएको थियो ।
प्रहरीको धरपकडपछि फेरि एक ठाउँमा भेला हुँदै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले गभर्नरविरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य भएको तथ्य खुलेको भन्दै गभर्नर अधिकारीले तत्काल आफ्नो पदबाट राजीनामा दिनुपर्ने प्रदर्शनकारीको माग छ । बाँकी तस्विरमा हेर्नुहोस् :
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: