×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिने तयारी, नियुक्ति नै गैरकानुनी रहेको दाबी !

PRIME CA

महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिने तयारी, नियुक्ति नै गैरकानुनी रहेको दाबी !

२९ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट पर्ने भएको छ । आज नै रिटको तयारी केहि कानुन व्यवसायीहरुले गरिरहेका छन् । आज नै रिट दायर गरिने उनीहरुको भनाई छ । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य हुँदा नै नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्ति गरिएको भन्दै उनको नियुक्ति माथि नै प्रश्न उठेको छ । यसअघि उनलाई सरकारले निलम्बन गरेपनि पछि उनी अदालत गएका थिए । अदालतले उनलाई काम गर्न रोक नभएको आदेश दिएको थियो ।
तर अहिले नियुक्ति नै गैरकानुनी भएको प्रश्न उठेको छ । नेपाल राष्ट्र बैंकको प्रचलित कानुनले कुनै पनि राजनीतिक पार्टीका सदस्यलाई गभर्नर बन्न दिंदैन । तर उनी नियुक्त हुँदा नै उनी नेकपा एमालेको विभागमै रहेर काम गरिरहेका व्यक्ति भएको खुलासा भएसँगै यो प्रकरण थप पेचिलो बनेको छ ।
‘आज मुद्धा दर्ता हुन्छ।  हेरौँ पेशी कहिले तोकिन्छ । तर गभर्नर अधिकारी अव सो पदमा बसिरहन कुनै पनि हालतले मिल्दैन। ‘ मुद्धा दर्ताको तयारी गरिरहेका एक कानुन व्यवसायीले अर्थ सरोकारसँग भने -‘कानुनभन्दा माथि कोहि पनि हुन स्क्दैन र हुनु हुँदैन। ‘
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: