×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

Ground Zero : ‘लुम्बिनीमा एक्स्ट्रा सुक्को खर्च गर्दैनन् चिनियाँ पर्यटक, पानीसमेत उतैबाट ल्याउँछन्, पैसा पनि उतै तिर्छन्’   

BIZBAZAR
लुम्बिनी । एउटा पर्यटक नेपाल भित्रिएपछि व्यवसायीहरुले सोच्नुपर्ने हो, ‘अव यो मान्छे हामीकहाँ खर्च गर्न आयो । उ आफ्नो देशबाट नेपाल आउँदादेखि नेपालमा खाँदा, बस्दा, घुम्दा नेपालमा उसले खुब खर्च गर्छ । यहींबाट नेपालको पर्यटन बिकास हुन्छ र देश समृद्ध हुन्छ । विभिन्न देशका पर्यटक नेपाल घुम्न आउँदा उनीहरुको निश्चित खर्च हुन्छ । अझ नेपालीहरु नै आन्तरिक पर्यटनमा हिंडे वा भारतबाट पर्यटक आए भने नेपालमा उनीहरुले गर्ने खर्च ‘मज्जा’ को हुन्छ । तर लुम्बिनीमा यस्तोसम्म देखियो कि, विशेषगरी चीनबाट आएका पर्यटकहरुले त नेपालमा खर्च नै नगर्ने रहेछन् । यतिसम्म कि उनीहरुले पिउने पानी र प्रयोग गर्ने टिस्यु पेपरसम्म उनीहरुले आफ्नै देशबाट ल्याउने रहेछन् । यहाँ घुम्न आउँदा लाग्ने सबै खर्च उतै एजेन्सीलाई प्याकेजमा तिर्ने रहेछन् । अनि नेपाली व्यवसायीहरुलाई ‘हातमा लाग्यो सून्य’ ।
टिस्यु पेपरदेखि पानीसम्म आफ्नै देशबाट ल्याउँछन् चिनियाँ पर्यटक 
स्थानीय पर्यटन व्यवसायीहरुले दिएको जानकारी अनुसार चिनियाँ पर्यटक नेपाल आउँदा नेपालले खासै कमाउँदैन जति भारतीय लगायत अन्य देशका पर्यटकहरु आउँदा कमाउँछन् । ‘सबैभन्दा राम्रो त भारतीय आउँदा हुन्छ । उनीहरु मज्जाले खर्च गर्न नै नेपाल आएका हुन्छन् । एकाध छोडेर भारतीय पर्यटकहरु रमाइलो गर्नुपर्ने, धेरै खर्च गर्नुपर्ने स्वभावका हुन्छन्, तर केहि देशका नागरिक र त्यसमा पनि चिनियाँ नागरिकहरु त टिस्यु पेपरसम्म उतै आफ्नै देशबाट ल्याउँछन् ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक पर्यटन व्यवसायी भन्छन्, ‘हाम्रो देशमा फिल्म हलमासमेत बाहिरको खाने कुरा लैजान पाईदैन । तर चिनियाँ पर्यटकहरु त पानीसमेत उतैबाट बोकेर आउँछन्। होटलले दिएको ‘फ्रि’को पानी बाहेक उनीहरु पानीसमेत हत्तपत्त किनेर खाँदैनन् । उनीहरु आउँछन्, घुम्छन्, जान्छन् । सबै खर्च उतै भुक्तानी गरिएको हुन्छ ।’
खर्च भईहाल्यो भने पनि पेमेन्ट उतै, कमिसन कटाएर मात्र नेपाल भित्रन्छ रकम   
चिनियाँ पर्यटकले लुम्बिनी घुम्न आउँदा यतिसम्म गरेको पाइयो कि, नेपालमा केहि खर्च गर्नुपर्यो भने पनि चीनकै एजेन्टलाई विभिन्न पेमेन्ट गेटवेमार्फत पैसा तिर्ने र उताको एजेन्टले आफ्नो कमिसन कटाएर नेपालमा पैसा पठाउने रहेछ । ‘हामीले होटलमा बसेको र खाएको खर्च बाहेक केहि अतिरिक्त कमाई गर्ने ठाउँ नै रहन्न । सो रकम पनि उनीहरुले चीनकै एजेन्टलाई तिर्छन् । हामीले आफ्नै सर्भिसमा पनि कमिसन कटाएर भाग लिन्छौँ ।’ एक पर्यटन व्यवसायी भन्छन्, ‘यतिसम्म कि चिनियाँ पर्यटकहरुले त नेपालमा नेपालको नोटसमेत खासै साट्दैनन् । किनकि उनीहरु खर्च नै गर्दैनन् । नेपालमा आउँदा कति खर्च लाग्छ, यहाँ बस्दा, खाँदा कति खर्च लाग्छ, ट्राभलमा कति खर्च लाग्छ भन्ने पहिला नै फिक्स गरेर उतै पैसा तिरिएको हुन्छ । यहाँ अतिरिक्त शुल्क खासै केहि खर्च नै गर्दैनन् उनीहरु ।’ प्राय: हामी नेपाली बाहिर घुम्न जाँदा पनि प्याकेजमा गए पनि त्यहाँ पनि हाम्रो खर्च हुन्छ । नेपालीहरु शपिङमा ठुलो खर्च गर्छन् । नेपाल आउने अन्य देशका पर्यटकहरुले पनि अलि बढी नै खर्च गर्छन् । भारतीयहरु त झन् नेपाली पर्यटन व्यवसायीहरुका लागि पैसा धेरै खर्च गराउने मुख्य क्लाइन्ट नै हुन्छन् । तर चिनियाँ पर्यटकहरु नेपाल आउँदा खर्च नै गर्दैनन् ।
पर्यटन व्यवसायीको रोजाईमा भारतीय पर्यटक, ‘चीनका टुरिष्टहरुलाई नेपालीले समेत इन्जोए गर्दैनन्’
अहिले लुम्बीनीमा भारतीय पर्यटकको संख्या निकै बढेको छ । बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केहि समय अगाडी गौतमबुद्धको जन्मस्थल लुम्बिनी पछि भएको प्रचारले यहाँ पर्यटकहरु बढेका हुन् । अहिले भारतका विभिन्न स्थानहरुबाट नेपाल घुम्न भारतीय पर्यटकहरु आउँछन् । उनीहरु लुम्बिनीसम्म आएपछि काठमाडौँको पशुपतिनाथसम्म पनि आउँछन् । धेरै पर्यटकहरु हिमालतिर जान्छन् । तर चिनियाँ पर्यटकहरुमध्ये कतिपय त लुम्बिनीको भ्रमणसकेर नेपालको एयरपोर्ट हुँदै स्वदेश फर्कन्छन् । ‘हदै घुमे भने स्वयम्भु । नत्र अन्त त गाह्रो छ । चिनियाँ पर्यटकहरु काठमाडौँ आएका बेला नगरकोट जान पनि टाढा छ भन्छन् ।’ हामीसँगको कुराकानीमा ती पर्यटन व्यवसायीले भने, ‘हुन त अरु केहि देशका पर्यटक पनि यस्तै हुन्, अलि कम खर्चिला । तर चिनियाँ पर्यटकहरु आउँदा भने नेपालमा खाएको र बसेको बाहेक केहि फाइदा नै हुँदैन ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal