×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Ground Zero : साउनमा पशुपति आउने भारतीय पर्यटकका कारण व्यापारीलाई ‘दशैं’ लाग्यो, होटलहरु भरिभराउ !

काठमाडौं । हिन्दीमा किशोर कुमारको एउटा गीत छ- ‘चल चल रे काठमाडौँ, मिलेङ्गे उहाँ शम्भो ।’ निकै पूरानो यो गीत भारतमा साउनभर अलि बढी नै चल्छ । कारण भारतमा रहेका धेरै हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिमा साउनभर तिर्थ आउनेहरुको ठुलो भीड लाग्छ । त्यो भीडको ठुलो हिस्सा भारतीय पर्यटकहरुले धानेको हुन्छ । यसै पनि गर्मी याममा, ‘गर्मी से बेहाल ? चलो नेपाल’ भन्ने पर्यटन क्याप्मिएन नै चल्ने गरेको छ । त्यसमाथि पनि साउनको अवसरमा पशुपतिको दर्शन पनि हुने र काठमाडौँ पनि घुम्ने, यहि बेलामा भारतको गर्मी पनि छल्ने भन्दै धेरै पर्यटकहरु नेपाल आउँछन् ।

र त साउन लाग्न खोज्दादेखि नै काठमाडौँका धेरै होटलहरु भारतीय पर्यटकहरुले भरिएका छन् । यतिसम्म कि साउनको सोमबार त पाशुपत क्षेत्र वरपरका अधिकांस होटलहरु १०० प्रतिशत अकुपेन्सीका साथ चलेका छन् । र त्यसमा झन्डै ८० प्रतिशतभन्दा बढी पर्यटक भारतीय छन् । यसै पनि साउनको पहिलो सोमबार देशभरका शिवालयहरुमा हिन्दु धर्मावलम्बिहरुको उल्लेख्य भीड हुन्छ । त्यसमाथि पनि पशुपतिमा यो भीड थामिनसक्नु छ । योपटक साउनमा पशुपति आउने भारतीयहरुको संख्या अझ बढी छ ।

कोरोनापछि पशुपति आउने भारतीय पर्यटक बढे
यसो त केहि बर्ष पशुपति आउने भारतीय पर्यटकहरुको संख्या कोरोनाका कारण कम थियो । तर कोरोना घटेपछि अहिले भारतबाट पर्यटकहरु ठुलो संख्यामा काठमाडौँ आईरहेका छन् । कोरोनाकै कारण लामो समय नेपाल आउन नसकेकाहरु पनि यो बर्ष काठमाडौँ आइरहेका छन् । पशुपतिको दर्शन गर्न आउने भारतीय पर्यटकहरु बढ्दा पशुपति क्षेत्रको व्यापार मात्र बढेको छैन, बरु काठमाडौँभर भारतीय पर्यटकहरुको भीड ठुलो छ । अझ नेपाल आएको समय पारेर अन्य तिर्थस्थल घुम्ने र नेपालका केहि मनोरम ठाउँहरु घुम्ने पर्यटकहरु पनि ह्वात्तै बढेका छन् । अझ साउने सोमबार त पशुपतितिर ‘खुट्टा राख्न पनि नमिल्नेगरी’ भीड बढेको छ । साउने सोमबारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ ।

होटल व्यापारीलाई ‘दशैं’ लाग्यो !
पशुपतिनाथ एक प्रसिद्ध शक्ति पिठका रुपमा प्रख्यात धार्मिक स्थल हो । हिन्दु धर्मावलम्बिहरुको प्रमुख शक्तिपिठका रुपमा रहेको पशुपतिमा दैनिक रुपमा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । अझ पशुपतिमा भारतीय पर्यटकको उपस्थिति अझ बढी देखिने गर्दछ । आन्तरिक धर्मावलम्बीहरुले भरिभराउ रहेको पशुपतिमा पर्यटकीय हिसाबले भारतीय पर्यटकको संख्या सबैभन्दा बढी देखिन्थ्यो । भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धी भएसँगै पशुपति क्षेत्रको व्यापार -व्यवसायमा पनि ठुलो वृद्धि भएको छ ।

भारतीय पर्यटकहरुको ‘इन्फ्लो’ बढ्दा पाशुपत क्षेत्र वरपरका होटलहरुमा पर्यटकहरुको चाप निकै ठुलो छ । भारतको उत्तरप्रदेश, वाराणसी, पटना, गया लगायतका विभिन्न शहरहरुबाट भारतीय नागरिक पशुपतिको दर्शन गर्न काठमाडौं आईरहेका छन् । र यो क्रम पूरै साउनभर लाग्ने हुने गर्दछ । साउनपछि सबैभन्दा बढी भारतीय पर्यटकहरुको भीड शिवरात्रीमा हुने गर्दछ ।अधिकांश होटलहरु भरिभराउ भएपछि कतिपय पर्यटक त बासस्थानका लागि भौतारीरहेका पनि देखिन्छन् । पर्यटक बढेसँगै होटलहरुको रेटसमेत बढ्दा कतिपय तिर्थयात्रीहरु त पशुपति क्षेत्रमा बाटोमै पनि सुतिरहेका छन् ।

तीर्थाटनको बहानामा अन्य व्यापार पनि ह्वात्तै बढ्यो
यसो त तिर्थ आउँदा पर्यटकहरुले पशुपति नाथको दर्शन मात्र गर्दैनन्, बरु आफ्नो हैसियत अनुसारको किनमेल पनि गर्छन् । अहिले भारतीय पर्यटकहरुले पनि नेपालमा ठुलो मात्रामा किनमेल गरिरहेका छन् । अलि बढी पैसा हुनेले पशुपतिमा सुन, चाँदी र पैसा दान गरिरहेका छन् भने काठमाडौँबाट यहाँका हस्तकला लगायतका समानहरु पनि लागिरहेका छन् । भारतीय पर्यटकहरुका कारण पाशुपत क्षेत्रमा फूलमाला, फलफूल, वरपरका खाजा घर, रुद्राक्ष, विभिन्न धातुजन्य वस्तु लगायतका सामानहरुको विक्री पनि ह्वात्तै बढेको छ । यसले नेपालमा समग्र व्यापार मात्र बढेको छैन, बरु नेपाल र भारतबीचको तिर्थ पर्यटनलाईसमेत बढावा दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: