×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सीइओ ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकमा काम थाले…

काठमाडौँ : नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सिए. ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आषाढ १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । नबिल बैंक लिमिटेडकोे मिति असार १६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो ।
२५ वर्षभन्दा बढी लामो बैङ्किङ अनुभव सँगालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए
भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विष्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच र सन् २०१५ मा म्यानेजर अफ इयर विधामा पुरस्कृतसमेत भएका थिए ।
कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षसमेत चयन भएका थिए ।
पदभार ग्रहण गर्दै उनले नबिल बैंकलाई थप उचाईंमा पुर्याउन आफुले हदैसम्मको प्रयास गर्ने र नबिलको ब्राण्डलाई थप बलियो बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: