×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचआइडीसीएलको लिलामी सेयर बाँडफाँट, नपरेको सेयर वापतको पैसा साउन १ गतेदेखि फिर्ता पाइने

PRIME CA
GLOBAL IME BANK

एचआइडीसीएलको लिलामी सेयर बाँडफाँट, नपरेको सेयर वापतको पैसा साउन १ गतेदेखि फिर्ता पाइने

३१ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको बिक्री गरेको लिलामी सेयर शक्रबार असार ३१ गते बाँडफाँट गरिएको छ । कम्पनीले असार ५ देखि असार १९ गतेसम्म बिक्रि खुल्ला गरेको संस्थापक समुहतर्फको ३ करोड ३० लाख कित्ता शेयर बाँडफाँट भएको हो ।

संस्थापक शेयर खरिदका लागि ३७७ जनाको आवेदन आएकोमा दोहोरो आवेदन साथै विभिन्न कारणबस ११ थान बोलपत्र रद्ध भई ३७७ जनालाई बोलपत्र बाँडफाँट गरिएको संस्थाले जनाएको छ । संस्थापक समूहतर्फको सेयरका लागि आवेदन पेश गरेका आवेदकलाई कटअफ मूल्य एक सय रुपैयाँ राखि शेयर बाँडफाँट गरिएको हो ।

साथै आवेदन रद्ध भएका आवेदकहरुको रकम साउन १ गतेदेखि नै फिर्ता गरिने संस्थाले जनाएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: