×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमाल दोलखा हाइड्रोपावरले कानुनको धज्जी उडाएपछि एक्सनमा नेप्से, सेयर कारोबार रोक्का, स्पष्टीकरणसमेत सोधियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हिमाल दोलखा हाइड्रोपावरले कानुनको धज्जी उडाएपछि एक्सनमा नेप्से, सेयर कारोबार रोक्का, स्पष्टीकरणसमेत सोधियो

Artha Sarokar

१५ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार रोक्का गरेको छ । हाइड्रोले बजार नीति विपरित काम गरेको र नेप्सेको नियम समेत उल्लंघन गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।

दोस्रो बजारमा सेयर कारोबार भइरहेको समयमा हिमाल दोलखा हाइड्रोपावरको सञ्चालक समितिको बैठक बसी मूल्य संवेदनशील निर्णय गरेको भन्दै कारोबार रोकेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार हाइड्रोले बुक क्लोज गर्नुभन्दा ७ दिन अघि नै सूचना दिनुपर्ने नियमसमेत उल्लंघन गरेको छ । कारोबार रोक्का गर्दै नेप्सेले हिमाल दोलखा हाइड्रोपावरलाई स्पष्टीकरण समेत सोधेको छ । स्पष्टीकरण सोधिएको तीन दिनभित्रमा आफ्नो तर्कसहितको सपष्टीकरण पेश गर्न समेत निर्देशन दिएको छ ।

शुक्रबार ११ बजे बसेको हाइड्रोको सञ्चालक समितिको बैठकले ७५% अर्थात १००ः७५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । आगामी भदौ ५ गते बस्ने वार्षिक साधारण सभामा हकप्रद प्रस्ताव पेश गर्ने निर्णय गर्दै सभा प्रयोजनका लागि साउन १९ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी