×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन र सिभिल बैंकको सबै कुरा मिल्यो, नाम, सीइओ र अध्यक्षको पनि टुंगो लाग्यो, सम्झौता सम्भवत: शुक्रबार !

PRIME CA

हिमालयन र सिभिल बैंकको सबै कुरा मिल्यो, नाम, सीइओ र अध्यक्षको पनि टुंगो लाग्यो, सम्झौता सम्भवत: शुक्रबार !

२१ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंक अन्तत: मर्जरमा जान सहमति भएका छन् । दुई बैंकका मर्जर कमिटी आज बेलुकी बसेको बैठकले यस्तो सहमति गरेको हो । सहमति अनुसार अव दुई बैंक १००:८० रेसियोमा मर्जरमा जानेछन् । डिडिए प्रतिवेदन आएपछि केहि प्रतिशतसम्म यो रेसियो परिवर्तन हुन सक्छ । दुई बैंकबीच लामो समयदेखि छलफल हुँदै आएको थियो ।

‘सम्भवत: शुक्रबार नै मर्जरको सम्झौता हुनेछ ।’ सिभिल बैंकका एक संचालकले अर्थ सरोकारसँग भने, ‘सबै कुरा मिलेपछि अन्तत: हामी एक हुने नै भयौँ । बैंकको नाम, सीइओ, अध्यक्ष लगायत सबै विषयमा कुरा मिलिसकेको छ ।’ उनका अनुसार मंगलबार भएको सहमतिअनुसार मर्जर भईसकेपछि बैंकको नाम ‘हिमालयन सिभिल बैंक’ हुनेछ । बैंकको सीइओमा अहिलेका हिमालयन बैंकका सीइओले निरन्तरता पाउनेछन् भने सिभिल बैंकका सीइओ सिनियर डेपुटी सीइओ भएर बैंकमा जानेछन् । केहि समयपछि अहिलेका हिमालयन बैंकका सीइओले बैंक छोड्ने र सुनिल पोखरेललाई बैंकको सीइओ बनाउने तयारी पनि छ ।

बैंकको अध्यक्षमा भने हिमालयनकै अध्यक्षले निरन्तरता पाउनेछन् । सिभिल बैंकले केहि समयपछि केहि सिनियर स्टाफलाई लक्षित गर्दै भीआरएस योजना ल्याउनेछ । हिमालयन जाँदा सिभिलका कर्मचारीको घटुवा भने हुने छैन । यद्यपी अहिले भईरहेका स्टाफहरुको जिम्मेवारी भने ठुलै रुपमा हेरफेर हुनेछ ।

लामो समयदेखि छलफल चलेपर धेरै कुरामा सहमति भईसकेपछि हिमालयन मर्जरमा जानैपर्ने भएपछि सिभिलले अनावश्यक डिमाण्ड गर्दा दुई बैंकबीच सहमति नै हुन सकेको अवस्था भएन थिए । हिमालयन बैंकले सिभिलले मागेजति नदिने र सिभिल हिमालयनले दिएजतिमा नजाने भएपछी सिभिलले अन्त जोडी खोज्न थालिसकेको थियो । तर कुनै न कुनै बैंकसँग मर्जरमा जानैपर्ने बाध्यतामा रहेको हिमालयनले केहि सिप नलागेपछि सिभिललाई ८० स्वाप दिन तयार भयो । हिमालयनले मान्छ नै भनेर सिभिलले आफुले पाउनुपर्ने भन्दा बढी दाबी गरिरहेको थियो । पछिल्लो समय ग्रोथ देखिएपनि सिभिल बैंक भित्रभित्रै धेरै बिग्रिएको बैंकका रुपमा चिनिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: