×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक-अर्कालाई दोष देखाएर स्थगित भयो सिभिल र हिमालयन बैंक बीचको मर्जर ! फेरि कुरा मिल्ने सम्भावना कति…?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

एक-अर्कालाई दोष देखाएर स्थगित भयो सिभिल र हिमालयन बैंक बीचको मर्जर ! फेरि कुरा मिल्ने सम्भावना कति…?

काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंकबीच शुक्रबार हुने भनिएको  मर्जर सम्झौता नहुने भएको छ । हिमालयन पक्षले स्वाप र स्टाफ एडजष्टमेन्टमा लफडा निकालेकाले आजको सम्झौता स्थगित गर्नुपरेको सिभिल बैंकका संचालकको तर्क छ भने सिभिलले हिमालयनले मर्ज गर्नैपर्छ भनेर अनावश्यक डिमाण्ड गरेको हिमालयन बैंकका संचालकको तर्क छ ।
हिमालयन बैंकले झिकेको बखेडाका कारण आज हुने भनिएको सम्झौता टरेको सिभिल बैंकका संचालकको तर्क छ । ‘हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले अन्तिम समयमा आएर अनेक बखेडा झिक्नुभयो । घरी यसो गरौँ भन्ने, घरी त्यहि कुरा त्यो हुँदैन भन्ने गर्नुभयो । यसरी मर्जर सफल हुँदैन । सम्झौतामात्र ठुलो कुरा होइन, पोस्ट मर्जरका कुरा पनि हुन्छन् । यस्तो लफडा होला भन्ने सोचिएको थिएन । अव मर्जर हुन गाह्रो छ ।’ सिभिल बैंकका एक संचालकले अर्थ सरोकारसँग भने- ‘ सुरुमा १००:८१ मा मर्जरको कुरा भयो । अहिले त्यहि हुँदैन भनिरहेका छन् । स्टाफको कुरामा पनि कुरा मिलेको छैन । यसरी मर्जरमा किन र कसका लागि जाने भन्ने हो।’
उनका अनुसार अनावश्यक त्याग गर्दा पनि हिमालयनले पेल्ने कुरा मात्र गरिरहेको थियो।  ‘मर्जरपछि नाम हिमालयन सिभिल बैंक राख्ने कुरा थियो, हिमालयनले सिभिल नराखौं भन्यो, मानियो । सञ्चालक समितिमा सिभिलको कोहि नजाने भन्ने कुरासमेत मानियो । प्रमुख कार्यकारी अधिकृत पनि हिमालयन बैंकले नै पाउने भनियो, त्यो पनि मानियो । अव कति मान्ने ? के का लागि यति लचक हुने ? सिभिल बैंक पनि राम्रो गरिरहेको बैंक हो । हिमालयन बैंकसँग किन झुक्ने ?
यता हिमालयन बैंकका संचालकको तर्क भने बेग्लै छ । सिभिल बैंकले हिमालयन बैंक मर्जरमा जानैपर्छ भनेर पेल्न खोजेकाले समस्या आएको हिमालयन बैंकका एक संचालकले बताए । ‘जे भने पनि हिमालयन भन्दा डबल राम्रो बैंक हाम्रो हो । तर हामीले मर्ज गर्नैपर्छ नत्र सुविधा पाइन्न भन्ने थाहा पाएर उसले अलि बढी नै पेल्न खोज्यो । सिभिललाई हामीले सकेको दिएको हो । तर उसले त झन् पो पेल्न थाल्यो ।’ हिमालायनका एक संचालकले अर्थ सरोकारसँग भने- ‘जथाभावी गर्न पाइन्छ ? सिभिल भएपछि सिभिलको ठाउँमा बस्नुपर्छ, हिमालयन बैंकभन्दा ठुलो बन्न खोजेर हुँदैन ।’ उनका अनुसार शुक्रबारका लागि मर्जर सम्झौता टरेको छ । ‘यसरि त के मर्जर गर्नु ? बरु लागेको पेनाल्टी तिर्न पो फाइदा होलाजस्तो छ । सिभिलजस्तो बिग्रेको संस्थाले हामीसँग ठुला कुरा गर्ने ?’ उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: