Skip to content
LAXMI SUNRISE BANK

‘मिलौँ’ भनेर बसेको अन्तिम बैठकमा पनि कुरा मिलेन, हिमालयन-सिभिलबीचको मर्जरको ‘च्याप्टर क्लोज’ भएकै हो ? 

अर्थ सरोकार

अपडेट

हिमालयन बैंक र सिभिल बैंकबीच बुधबार मर्जर सम्झौता हुने भएको छ । मंगलबार रातीसम्म बसेको बैठकले अन्तत: यस्तो निर्णय गरेको हो ।

मंगलबार नै बसेको एउटा बैठकपछि दुई बैंक एक आपसमा मर्जरमा नजाने मुडमा थिए । तर हिमालयन बैंक अफ्ट्यारोमा परेपछि हिमालयनले सिभिलका सबै सर्त मान्न तयार हुँदा उनीहरु बीच अन्तत: मर्जर हुने भएको हो।

सिभिल बैंकको मंगलबार साँझ बसेको संचालक समिति बैठकले हिमालयन बैंकसँगै मर्जरमा जाने निर्णय गरेको छ । बुधबार विहान  हिमालयन बैंकको कमलादीस्थित केन्द्रिय कार्यालयमा दुवै बैंकबीच मर्जरको सम्झौतापत्रमा हस्ताक्षर हुने निर्णय भएको छ । यसका लागि आवश्यक फ्लेक्स पनि प्रिन्ट भईसकेको छ।

पुरानै सहमतिबमोजिम हिमालयनले सिभिललाई प्रतिसेयर ८१ रुपैयाँ दिनेछ । हिमालयन बैंकको बोर्डमात्र नयाँ बैंकको बोर्डमा हुनेछ भने सिभिलका सुनिल पोखरेल अवको बैंकका डेपुटी सीइओ हुनेछन्।

मर्जरपछि बन्ने एकिकृत बैंकको नाम हिमालयन नै रहने छ।

 

केहि समय अघिको समाचार….

मर्जरका लागि अन्तिम प्रयास भन्दै हिमालयन र सिभिल बैंकका अधिकारी बसेको बैठकमा पनि कुरा नमिलेपछि मर्जरमा समस्या देखिएको छ । ‘वार-पार’ गर्ने भन्दै बसेको सो बैठकमा पनि कुरा नमिलेपछि अन्तत: हिमालयन र सिभिल बैंक आ-आफ्नो बाटो हिँड्ने संकेत देखिएको छ।

‘बसियो, कुरा गरियो तर कुरा मिलेन । उहाँहरुले अलि बढी नै भाउ खोज्नुभयो । सिटिजन्सले ९५ दिईसक्यो भन्नुभयो ।सिटिजन्ससँग हामीलाई जोडेर हाम्रो अपमान गर्नुभयो । अव सिभिल र हिमालयनबीच मर्जरको सम्भावना छैन ।’ हिमालयनका एक संचालकले भने, ‘हामी अफ्ट्यारोमा छौँ भन्ने थाहा पाएर बढी पेल्ने काम भयो । त्यसपछि सिटिजन्सको कुरा निस्कियो । हामीले अल दी बेष्ट भनेर फर्कियौँ।’

स्वाप रेसियो र कर्मचारी समायोजनमा कुरा नमिलेको ती संचालकको भनाई छ । प्राप्तिका लागि हिमालयनले ६० देखि ६५ सम्म दिन सकिने प्रस्ताव गरेको थियो भने सिभिलले ८५-९० मागेको थियो ।  पछि ८१ सम्म कुरा मिलेको थियो । तर त्यसमा पनि हिमालयन बैंकले सिभिललाई दिने रेसियो बढी भयो भनेपछि दुई बैंकबीच खटपट  भएको थियो । त्यसपछि हिमालयन र सिभिल बैंकबीच गर्ने भनिएको सम्झौता नै रद्ध भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK