काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता भएको छ । याक एण्ड यति होटलमा भएको एक कार्यक्रमका बीच दुई बैंकबीच मर्जरको सम्झौता भएको हो ।
समझदारीपत्रमा हिमालयन बैंकको तर्फबाट प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिभिल बैंकलाई हिमालयन बैंकले १००:८१ मा प्राप्ति गर्न लागेको हो। सम्झौतामा मर्जरपछि बन्ने बैंकको नाम हिमालयन बैंक रहने, सीइओमा अशोक राणा नै रहने र बैंकको सिनियर डेपुटी सीइओमा सिभिल बैंकका सीइओ सुनिल पोखरेल रहने उल्लेख छ ।
हिमालयन बैंकको सञ्चालक समितिमा सिभिलबाट कोहि पनि जाने छैनन् ।
हिमालयन बैंक जाने सिभिलका उच्च तहका कर्मचारीहरुको एक तह घटुवा हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्