काठमाडौं । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले हरेक बर्ष प्रदान गर्ने बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट वितरण गरेको छ । संस्थाले शुक्रबार एक विशेष कार्यक्रमका बीच सो अवार्ड प्रदान गरेको हो । संस्थाका तत्कालीन अध्यक्ष युद्धराज ओली, हालका अध्यक्ष भाष्कर सिंह लाला, आइक्यानका उपाध्यक्ष सुजन कुमार काफ्ले लगायतले संयुक्त रुपमा विजेताहरुलाई सो अवार्ड प्रदान गरेका हुन् ।

सो अवार्ड बैंकिङ क्षेत्र तर्फ सिद्धार्थ बैंकले पाएको छ भने मेगा बैंक लिमिटेड र सनराइज बैंकले क्रमश: दोश्रो र तेश्रो अवार्ड प्राप्त गरेका छन् । यस्तै फाइनान्सियल क्षेत्रतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड मुक्तिनाथ बिकास बैंकले पाएको छ । बैंकले तेश्रोपटक यो अवार्ड हात पार्न सफल भएको हो । यस्तै सो अवार्डमा ज्योति बिकास बैंक लिमिटेड दोश्रो बन्न सफल भएको छ ।

यता, इन्स्योरेन्सतर्फको सो अवार्ड सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त गरेको छ भने जनरल सेक्टरतर्फ बोटलर्स नेपाल तराई लिमिटेडले तेश्रो अवार्ड प्राप्त गर्न सफल भएको थियो । यस्तै जनरल सेक्टरतर्फ दोश्रो स्थानको अवार्ड कर्जा सूचना केन्द्र लिमिटेडले पाएको छ भने बुटवल पावर कम्पनी लिमिटेडले प्रथम स्थान हाँसिल गर्दै सो अवार्ड प्राप्त गरेको छ।

साथै कार्यक्रममा २० बर्षभन्दा बढी आइक्यानमा रहेर काम गर्ने कर्मचारीहरुलाई दीर्घसेवा पदकले सम्मानसमेत गरिएको थियो भने संस्थामा सुरुवाती चरणदेखि नै महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाका पूर्व कार्यकारी निर्देशक लगायतलाई सम्मानसमेत गरिएको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्