×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जर मेला : सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स पनि मर्जरमा जाने, स्वाप रेसियोमा ‘म्याच फिक्सिङ’को शंका !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

मर्जर मेला : सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स पनि मर्जरमा जाने, स्वाप रेसियोमा ‘म्याच फिक्सिङ’को शंका !

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता भएको छ । असार २७ गते अपरान्ह ४ बजे दुबै कम्पनीको सञ्चालक समितिबीच मर्जरमा जाने सम्झौता भएको हो । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिएसँगै अहिले बजारमा मर्जरको लहर नै चलिरहेका बेला यी दुई कम्पनीहरुले पनि मर्जरमा जाने सहमति गरेका हुन् । मर्जरको सम्झौता भए पनि स्वाप रेसियोका बारेमा भने केहि खुलाईएको छैन । डिडिए प्रतिवेदन आएपछि सो रेसियो के हुने भन्ने विषयमा छलफल हुने भनिएको छ । तर दुई कम्पनीले डिडिए प्रतिवेदन नआउँदै स्वाप रेसियोको विषयमा ‘म्याच फिक्सिङ गरेको आशंका गरिएको छ । कारण यी दुई कम्पनीको स्वाप रेसियो १:१ भएन भने कम्पनीबीच गरिएको मर्जरको पूँजीगत हिसाबले कुनै पनि औचित रहँदैन ।

यि दुई कम्पनी १: १ रेसियोमा मर्जरमा गएमात्र बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुग्नेछ । हाल सिद्धार्थको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ छ भने प्रिमियरको एक अर्ब २२ करोड रुपैयाँ रहेको छ । दुई कम्पनीबीच १:१ स्वाप रेसियो फाइनल भएको खण्डमा मात्र नयाँ बन्ने कम्पनीको पूँजी २ अर्व ५० करोड पुग्नेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । यसकारण पनि यी दुई कम्पनीबीचको स्वाप रेसियो आन्तरिक रुपमै पहिला फाइनल गरेर मात्र मर्जरको सम्झौता भएको स्रोतको दाबी छ ।

यसो त यी दुई कम्पनी मात्र होइन, अन्य कम्पनीले पनि स्वाप रेसियो पहिला नै फाइनल गरेर मात्र सोहि अनुसारको डिडिए प्रतिवेदनको रिपोर्ट बनाउन लेखापरिक्षकलाई निर्देशन दिएका छन् । डिडिएको प्रतिवेदनमा १० प्रतिशत तलमाथि गर्न मिल्छ । प्रतिवेदनले १००:९० निकालिदियो भनेपनि यी दुई कम्पनीहरु १:१ रेसियोमा मर्जरमा जान पाउँछन्  । त्यसैले पनि यी दुई कम्पनी १:१ स्वाप रेसियोमा मर्जरमा जाने पक्कापक्की छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: