काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई जारी गरेको आइपीओ असार २८ गते मंगलबार बाँडफाँट गरेको हो ।
हिमालयन हाइड्रोपावरले असार १५ गतेबाट १९ गतेसम्म कुल १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको १९ लाख ६८ हजार २५० कित्ता कित्ता आइपीओ जारी गरेको थियो । यसमा गोलाप्रथामार्फत १ लाख ८३ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।
यो आइपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएकामा १ हजार ७५८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयरबाट आइपीओको नतिजा हेर्न सकिने बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्