काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको म्याद ७ दिन थप गरिएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै विवादित बनेका अर्थमन्त्री जनार्दन शर्मामाथी छानबिनका लागि बनेको विशेष समितिको म्याद थप ७ दिन बढाइएको हो ।
शर्मामाथि बजेट निर्माणका क्रममा आन्तरिक चलखेल र राजनीतिक पहुँचका आधारमा आफुखुसी गरेको आरोप छ । बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति प्रवेश गराएर सिमित व्यापारिक घरानालाई फाईदा हुनेगरी करको दर हेरफेर गरेको आरोप उनीमाथि लागेको छ। शर्माले सेही क्रममा जेठ २४ गतेको सिसीटिभी फुटेज समेत देखाउन सकेनन् । त्यसपछि सिसीटिभी फुटेज समेत गायव गरेको भन्दै शर्मा झन् विवादित बनेका थिए ।
सोही प्रकरण छानबिनका लागि संसदीय विशेष समिति गठन गरिएको भएपनि सुरुवातमा १० दिनको समय पाएको उक्त समितिले काम नसकेपछि थप ७ दिन म्याद थपिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । त्यसलाई बैठकले अनुमोदन गरेसँगै उक्त समितिको म्याद ७ दिनका लागि थप गरिएको छ ।
आज बोलाइएको संसदीय छानविन समितिको बैठकमा उनी बयान दिन गएका थिए । बयानपछी फर्केर संचारकर्मीसँग प्रतिक्रिया दिंदै उनले आफुले आफ्नो कुरा राखेको बताएका थिए । सीसीटिभी फुटेज नभेटेको थाहा पाएपछि उनी मुसुमुसु हाँस्दै बैठकबाट बाहिरिएका थिए । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्