काठमाडौँ । करको दर हेरफेर गरेको प्रकरणमा राजिनामा दिन बाध्य पारिएका अर्थमन्त्री जनार्दन शर्माले पुन: अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन् । आइतबार अर्थमन्त्रीमा नियुक्त भएका शर्माले साँझ राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिएका उनले त्यसलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयमा स्वागत गर्न धितोपत्र बोर्डका अध्यक्ष, बीमा समितिका अध्यक्ष लगायत पुगेका थिए । उनले मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफुलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका थिए । बाँकी तस्विर कथामा हेर्नुहोस् :