×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनार्दन शर्माले सफाई पाए, पुनः अर्थमन्त्री बनाउने तयारी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जनार्दन शर्माले सफाई पाए, पुनः अर्थमन्त्री बनाउने तयारी !

Artha Sarokar

१३ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । करका दर हेरफेर गरेको भन्दै विवादमा मुछिएका तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष समितिले सफाइ दिएको छ । बजेटको अघिल्लो दिन अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको भन्दै विवादित बनेपछि छानबिनका लागि असार २२ गते ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो । सोही समितिले साउन १२ गते तत्कालिन अर्थमन्त्री शर्मालाई सफाइ दिएको हो ।

जेठ १५ गते संसदमा पेश भएको बजेट निर्माणका क्रममा सिमित व्यक्तिको लाभका लागि तत्कालिन अर्थमन्त्री शर्माले करका दायरा हेरफेर गराएको भन्दै चर्को विरोध भयो । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर राज्य संयन्त्रमाथी नै प्रश्न खडा गरेको भन्दै नेकपा एमालेले संसदमा समेत विरोध जनाएको थियो । तर तत्कालिन अर्थमन्त्री शर्मा भने सो आरोप स्किार गर्न तयार नै थिएनन् । यसो त विवादित बनेका तत्कालिन अर्थमन्त्रीले शर्माले त्यसबेला सीसीटिभि फुटेज समेत देखाउन सकेनन् । त्यसपछि उनि झन् विवादमा तानिएका थिए ।

सोही प्रकरणको छानबिनका लागि भन्दै गठन गरिएको संसदीय विशेष समितिले साउन ४ गते अर्थमन्त्रालयमा प्राप्त सीसीटिभि फुटेज रिकभरीका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय गर्यो । सोही निर्णयलाई कार्यान्वयन गर्दै समितिले फुटेज रिकभरीको जिम्मा नेपाल प्रहरीको फरेन्सिक ल्याबलाई दियो । प्रहरीले साउन ९ गते सीसीटिभिको ‘फरेन्सिक रिपोर्ट’ विशेष समितिलाई बुझायो । २० दिनको लामो अनुसन्धान र छानबिनपछि अन्ततः समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशमा तत्कालिन अर्थमन्त्रीको कुनैपनि संलग्नता नभएको निष्कर्श निकाल्दै सफाइ दिएको हो ।

नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त ‘फरेन्सिक रिपोर्ट’मा पनि तत्कालिन अर्थमन्त्री शर्माका विरुद्धमा कुनै प्रमाण नपाइएको विशेष समितिले बताएको छ । लामो अनुसन्धान, शिर्ष नेताहरुसँगको छलफल, प्रहरीको सहायताका बाबजुत पनि बजेटमा करका दायरा हेरफेरमा कुनैपनि अनाधिकृत व्यक्तिको संलग्नता भएको नपाइएपछि तत्कालिन अर्थमन्त्री शर्मालाई सफाइ दिएको समितिले जनाएको छ । तर नेकपा एमालेले भने उक्त प्रकरणमा तत्कालिन अर्थमन्त्री शर्मालाई जोगाउनका लागि सत्तापक्षले प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाएको छ । प्रतिपक्षको मागलाई बेवास्ता गर्दै तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई जोगाउन सत्तापक्ष हात धोएर लागी परेको बताउँदै नेकपा एमालेले संसदीय विशेष समितिको अध्ययन नै अपुर्ण रहेको आरोप लगाएको छ ।

यता सत्ता पक्ष भने पुनः जनार्दन शर्मालाई नै अर्थमन्त्री बनाउने तयारीमा लागेको बुझिएको छ । विवादित बनेपछि अथमन्त्रीबाट राजिनामा दिएका शर्मालाई संसदीय विशेष समितिले सफाई दिएपछि पुनः अर्थमन्त्री बनाउने अभ्यासमा सत्तापक्ष लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी