काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । टेलिभिजनले ७ करोड ५० लाख रुपैयाँबराबरको १०० अंकित मूल्यको दरले ७ लाख ५० हजार आइपीओको अंकित मूल्यमा प्रिमियम रकम थप गरी आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाशप्रसाद सिरोहिया र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
एक सय रुपैयाँ अंकित दरका ७ लाख ५० हजार कित्ताले हुन आउने ७ करोड ५० लाख रुपैयाँबराबरको अंकित मूल्यमा प्रिमियम रकम थप गरी साधारण सेयर जारी गर्न लागेको छ।
कान्तिपुर टेलिभिजनले २०६० असार २९ गते विधिवत रुपमा प्रसारण आरम्भ गरेको थियो । कान्तिपुर टेलिभिजनले हाल हाइ डेफिनेसन प्रविधि (एचडी) मा प्रसारण गरिरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्