×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि बिकास बैंकमा अचम्मलाग्दो पाराले ग्राहकको पैसा हरायो, गुनासो गर्दा बैंकले थर्काउँदै भन्यो-‘अदालत जानूस्…’

धनगढी । कृषि बिकास बैंक लिमिटेडमा अचम्मलाग्दो पाराले ग्राहकको पैसा हराएको पाइएको छ । ग्राहकले फोनपेको सेवा नै नलिएको स्थितिमा पनि फोनपे मार्फत पैसा ट्रान्सफर भएको पाइएपछि कृषि बिकास बैंक र फोनपेभित्रको अचम्मको ‘बग’ भेटिएको हो । ग्राहकले स्मार्ट फोन नै नचलाउने, फोन पे सेवा नै नलिएको स्थितिमा पनि ग्राहकको खाताबाट फोनपे मार्फत पैसा हराएको पाइएको हो ।
भएको के हो ?    
करिब एकवर्ष अघि कैलालीको साविक उदासीपुर गा.वि.स १ की निशा जोशीले कृषि विकास बैंकको धनगढीमा रहेको बुद्धचोक शाखामा खाता खोलिन् । सोही शाखाबाट ‘डिम्याट खाता’ खोलेर जोशीले सेयर कारोबारसमेत गर्दै आएकी थिईन । सोही क्रममा गतवर्ष भदौ १ गते आईपिओ भर्न खोज्दा खातामा पैसा पुगेन । खातामा ९ हजार रकम हुँदापनि पैसा नपुगेको भन्दै सेयर भर्न नमिलेपछि उनका श्रीमान कमल न्यौपानेले बैंकमा यस विषयमा बुझे । सुरुमा त पैसा कहाँ गयो भन्ने विषयमा बैंक नै अलमलमा पर्यो । पछि थाहा भयो उनको खाताबाट कसैले ‘मोबाईल बैंकिङ’ गरी रकमान्तर गरेको रहेछ ।
‘मोबाईल बैंकिङ समेत सुचारु नगरेका उनी आफ्नो खाताबाट ‘फोन पे’ गरी रकमान्तर भयो भन्दा अचम्ममा परें । खाताको पैसा कसले चोर्यो भन्ने थाहा पाउन बैंक ‘स्टेटमेन्ट’ समेत निकाल्न लगाएँ । त्यसपछि थाहा भयो, प्रत्येकचोटी रु. २,०२० का दरले रकमान्तर भएको रहेछ’, अर्थ सरोकारसँग कुराकानि गर्दै न्यौपानेले भने-‘हामीले खातामा पैसा जम्मा गर्दा वा निकाल्दा म्यासेज आउँछ । तर त्यसरी ट्रान्सफर गरिएको पैसाको म्यासेज समेत आउँदैन ।’ त्यस्तो चोरीको विषयमा बैंकमा खबर गर्दा ‘तपाईले नै गर्नुभएको होला’ भन्दै आफुले गरेको गल्तीबाट बैंक पन्छिन खोजेपछि कतै यस्तो केसमा बैंककै कर्मचारीको मिलेमतो त छैन भन्ने ग्राहकले शंका गर्न थालेका छन् ।
न्यौपानेले सो बैंकबाट मोबाईल बैंकिङको सेवा समेत लिएका छैनन् । ‘बैंकले तपाईले नै पैसा ट्रान्सफर गरेको हो भन्दा कसरी पत्याउने ? जबकी मैले मोबाईल बैंकिङको सेवा समेत लिएको छैन’, न्यौपानेले भने-‘तर त्यो कुरा बुझ्न बैंक तयार नै भएनव । कसको खातामा ? वा पैसा कहाँ गयो ? हेरिदिनुस् न भन्दा बैंकले हामीलाई थाहा हुँदैन भन्दै हेडअफिस जानुस् भन्यो । अब शाखाबाट हराएको ९ हजार खोज्न हेडअफिसमा म कसरी जाने ?’
सुरुमा सामान्य कुरा भएको तर, आजभोली बैंकको केन्द्रिय कार्यालयले पनि आफ्नो फोन नै नउठाउने उनले बताएका छन् । न्यौपानेले चोरी भएको रकम फिर्ताका लागि बैंकका कर्मचारीको सल्लाह अनुसार नै बैंकमा निवेदन दिए । तर निवेदन दिएको एकवर्ष हुँदापनि त्यसप्रति बैंकले कुनै चासो नै नदेखाएको न्यौपानेले बताए । ‘बैंकले कतिपटक त तपाई उच्च अदालतमा जानुस् समेत भन्ने गरेको छ । मेरो खातामा भएको रकम बैंकले हराईदिने अनि उल्टै मलाई उच्च अदालत जानुस् भन्न मिल्छ ?’, न्यौपानेले भने,‘अहिले त बैंकले तपाईको पैसा ‘रिफन्ड’हुने सम्भावना कम छ, तपाईकै गल्ती छ । तपाईले नै कसैलाई खाता नम्बर-कोर्ड दिनुभएको होला भन्छ । कसैलाई खाता नम्बर दिँदैमा त्यसरी पैसा चोरी हुन्छ र ?’ उनी भन्छन्– ‘अहिले त मेरो सानो रकम चोरी भएको छ, तर बैंकमा धेरैको यस्तै भएको हुनसक्छ । त्यसमा जिम्मेवार को हुने ? यदी मैले मोबाईल बैंकिङ सुचारु गरेर आफैले पैसा ‘ट्रान्सफर’ गरेको प्रमाणित भए कारबाही सहन्छु तर चोरी भएको पैसाको विवरण बैंकले दिनुपर्छ ।’
के भन्छ बैंक ?
यता बैंकको धनगढी बुद्धचौक शाखाका शाखा प्रबन्धक गोबिन्द बहादुर जोशीले उक्त विषयमा आफुलाई केही जानकारी नै नभएको बताएका छन् । ‘आफै त्यसरी त पैसा निस्किदैन। मोबाईल बैंकिङ नै सुचारी नगरी त्यस्तो कसरी होला र ?’, अर्थ सरोकारसँग कुराकानी गर्दै जोशीले भने- ‘यो घटनाको विषयमा मकहाँ सूचना नै पुगेको छैन । मलाई जानकारी छैन । त्यस्तो त नहुनुपर्ने हो तरपनि ती ग्राहकलाई बैंकमा पठाईदिनुस् न हेरौँला ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: