काठमाडौं । गाउँ-गाउँमा सुविधा दिएको नाममा नियामककै नियम अटेरी गर्ने केहि ‘बदमास’ लघुवित्त कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशनको धज्जी उडाएर आफुखुसी मनपरी गर्ने १८ लघुवित्तलाई राष्ट्र बैंकले कारवाही गरेको हो । अघिल्लो आर्थिक बर्षमा नेपाल राष्ट्र बैंक अन्तर्गतको लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागले गरेको अनुगमन तथा निरीक्षणको क्रममा ती लघुवित्त कम्पनीहरुले नियामकको नीति नियम नमानेको पाइएपछि राष्ट्र बैंकले ती कम्पनीहरुमाथि डण्डा चलाएको हो ।
प्राथमिक पूँजी र ८ प्रतिशत पूँजी कायम नगर्ने कम्पनी यी हुन्
राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा तोकिएको अनिवार्य नगद मौज्दात कामय नगर्ने ३ लघुवित्त, प्राथमिक पूँजी र ८ प्रतिशत पूँजी कायम नगर्ने ३ लघुवित्त, ५ प्रतिशतभन्दा बढी खराब कर्जा अनुपात भएका ११ वटा लघुवित्त, र १५ प्रतिशतभन्दा बढी ब्याजदर निर्धारण गर्ने १० वटा संस्थालाई कारवाही गरेको उल्लेख छ । यसमा लघुवित्त बैंकर्स संघले भने राष्ट्र बैंकले १५ प्रतिशतको ब्याजदरको हिसाब नै गर्न नजानेको दाबी गरेको छ भने राष्ट्र बैंकले आफ्नो हिसाब सहि भएको तर्क गरेको छ । राष्ट्र बैंकले सो अवधिमा एउटा कम्पनीमाथि स्पेसल इन्सपेक्सन अर्थात विशेष निरीक्षण गरेको थियो भने अन्य १७ गरी कुल १८ वटा संस्थामा निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा समाज लघुवित्त, विन लघुवित्त र घोडीघोडा लघुवित्तले पुँजीकोष कायम नगरेको पाइएको थियो भने कम्पनीले यस्तो गति छाडेको देखेपछि राष्ट्र बैंकले ती कम्पनीहरुलाई शिध्र सुधारात्मक कारवाही गरेको तथ्य प्रतिवेदनमा उल्लेख छ ।
यी हुन् खराज कर्जा बढी भएका र अनिवार्य नगद मौज्दात नराख्ने लघुवित्त कम्पनी
५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने कम्पनीमाथि पनि राष्ट्र बैंकले डण्डा चलाएको प्रतिवेदनमा उल्लेख छ । जसमा नेरुडेको ८.३२ खराज कर्जा प्रतिशत, यूनिकको ६.९७ प्रतिशत, सामुदायिकको ६.८६ प्रतिशत, कालिकाको ६.२० प्रतिशत, सुपर लघुवित्तको ५.८८ प्रतिशत, मानुषीको ५.८१ प्रतिशत, नेपाल एग्रोको ५.६० प्रतिशत, आत्मानिर्भर लघुवित्तको ५.०७ प्रतिशत खराब कर्जा रहेको भन्दै ती कम्पनीहरुलाई कारवाही गरिएको छ । यसरी कारवाही भोग्नेमा बुद्धज्योति लघुवित्तसमेत छ । राष्ट्र बैंकले गत आवमा अनिवार्य नगद मौज्दात कायम नगर्ने ग्रामीण लघुवित्त, सारथी लघुवित्तलाई रआरम्भ चौतारी लघुवित्तलाई पनि राष्ट्र बैंकले जरिवाना भराउने गरी कारवाही गरेको छ । राष्ट्र बैंकले तोकेको १५ प्रतिशत भन्दा बढी ब्याज असुल्ने १० लघुवित्तलाई पनि कारवाही गरेको छ । यसरी कारवाहीमा पर्नेहरुमा डिप्रोक्स लघुवित्त, मिथिला लघुवित्त, फरवार्ड लघुवित्त, लक्ष्मी लघुवित्त, सुर्योदय लघुवित्त, मानुषी लघुवित्त, युनिक लघुवित्तल, सामुदायिक लघुवित्त, बुद्ध ज्योती, र नेष्डो लघुवित्त रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्