×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकका मेनेजरमाथि कार्यालय सहयोगीलाई ‘श्रम-शोषण’ गरेको आरोप, ‘तलव माग्दा उल्टै गाली’, प्रहरीसम्म पुग्यो केस !

PRIME CA

लक्ष्मी बैंकका मेनेजरमाथि कार्यालय सहयोगीलाई ‘श्रम-शोषण’ गरेको आरोप, ‘तलव माग्दा उल्टै गाली’, प्रहरीसम्म पुग्यो केस !

४ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडको कटारी चोकस्थित लक्ष्मी बैंकका मेनेजरले श्रम शोषण गरेको भन्दै सो बैंकमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएकी कर्मचारी प्रहरीसमक्ष पुगेकी छिन् । आफुलाई सुरुमा ८ घण्टा काम लगाइएको, पछि दैनिक ४ घण्टामा काम झारिएको तर पहिला गरेको ८ घण्टाको पूरा पारिश्रमिक नपाएको भन्दै उनले प्रहरी समक्ष उजुरी गरेकी हुन् । ८ घण्टा काम गरेर ४ घण्टाको मात्र पारिश्रमिक पाउँदा बाँकी पारिश्रमिक मागेकी उनले सो रकम माग्दा उल्टै गाली गलौज गरी तलवसमेत नदिएको भन्दै बैंकका साखा प्रबन्धक सागर प्रशान्त झाविरुद्ध सोहि बैंकमा काम गर्ने कार्यालय सहयोगी भावना अधिकारी प्रहरी समक्ष पुगेकी हुन् ।

प्रहरीमा दिएको उजुरीमा उनले आफुलाई दैनिक ८ घण्टा काम लगाएको र तलव भने ४ घण्टाको मात्र दिइएको भन्दै उनले यस विषयमा न्याय दिलाईदिन भन्दै प्रहरीसमक्ष माग गरेकी छिन् । उनले आफुले पटक-पटक बैंकसँग यस विषयमा कुरा गर्दा पनि आफ्नो कुरा सुनुवाई नभएको बरु उल्टै गालीगलौज गरिएकोसमेत आरोप लगाएकी छिन् । उनका अनुसार तलव नपाएकै अवस्थामा एक दिन बैंकमा जानकारीसमेत दिएर २ दिन बिरामी बसी तेश्रो दिन कार्यालय जाँदा कार्यालयमा अर्कै कर्मचारी राखिएको थियो । त्यसपछि कतैबाट पनि न्याय नपाएपछि उनी प्रहरीसमक्ष पुगेकी हुन् । यता प्रहरीले भने सो घटनामा अनुसन्धान भईरहेको जनाएको छ ।

‘मलाई पहिला ८ घण्टाको काम भनिएको थियो । म विहान ८ बजेदेखि काममा गएर बेलुकी ५ बजे घर फर्किन्थें । पछि तपाईंको काम ४ घण्टा हो भनियो । ४ घण्टापछि अव काम छैन, जानुहोस् भनियो र त्यहि अनुसार पैसा दिइयो । तर मैले अघिल्लोपटक गरेको दैनिक ८ घण्टाको कामको तलव पनि ४ घण्टाकै सहमति भएको भन्दै ४ घण्टाको दिइयो । मैले अतिरिक्त काम गरेको हिसाब मागेपछि उहाँहरुले मलाई जानकारी नै नदिई अर्को मान्छे राख्नुभयो र मलाई पूरानो तलव पनि दिनुभएन।’ अर्थ सरोकारसँग कुराकानी गर्दै पीडीत अधिकारीले भनिन्- ‘त्यसपछि म प्रहरीकहाँ गएँ । मलाई मिलापत्रका लागि पनि बोलाइयो । तर मैले तलव नपाउञ्जेल मिलापत्र गर्दिन भनें । अहिले नगरपालिकामा पनि केस गरेको छु । कतैबाट पनि जानकारीचाहिँ आएको छैन ।’ उनले आफुलाई कुन कम्पनीले जागिर खुवाएको भन्नेसमेत थाहा नभएको बताईन् ।

के भन्छन् बैंक मेनेजर झा ?
यस विषयमा बुझ्न हामीले बैंक मेनेजर सागर प्रशान्त झालाई सम्पर्क गरेका थियौँ । उनले आफुविरुद्ध प्रहरीमा उजुरीको परेको स्वीकारे पनि अधिकारी आफ्नो स्टाफ नभएकाले यस विषयमा आफु बोल्न नचाहने बताए । ‘तपाईंलाई उहाँ (अधिकारी)का बारेमा केहि पनि थाहा छैन । म यहाँ फोनमा भन्न पनि सक्दिन । उहाँ हाम्रो स्टाफ पनि होइन । हामीले आउटसोर्सबाट ल्याएको कर्मचारी हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै मेनेजर झाले भने, ‘म पनि यहाँको कर्मचारी हो । म हेड अफिसको स्टाफ पनि होइन र एचआरको मान्छे पनि होइन। त्यसैले यो विषयमा म केहि पनि बोल्न सक्दिन । ‘अनि सहमति विपरित किन बढी काम लगाएको त ?’ हाम्रो प्रश्नमा उनले भने, ‘उहाँ हाम्रो स्टाफ होइन । कति काम गर्ने भन्ने विषय र कति तलव दिने भन्ने विषय उहाँको आउटसोर्स कम्पनीले निर्धारण गर्ने विषय हो । त्यसैले म यो विषयमा बोल्न सक्ने स्थितिमा छैन ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: