×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘अर्थमन्त्रीले गम्भिर अपराध गरे, सरकारले प्रमाण मेटाउन खोज्यो, सत्यतथ्य बाहिर ल्याईनुपर्छ’ : लोसपाका नेता कर्ण

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले अर्थमन्त्री जनार्दन शर्माले गम्भीर भुल गरेको प्रतिक्रिया दिएका छन् ।  बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने विषयमा सिसिटिभी फुटेज डिलिट भयो भनेर शर्माले गम्भीर भुल गरेको बताउंदै कर्णले सो घटनाको सम्बन्धमा देश र जनताका लागि पनि यथार्थ कुरा बाहिर ल्याउनुपर्नेतर्फ जोड दिए ।
सोमबार संसद भवन परिसरमा संचारकर्मीहरुले रकहेको प्रश्नको जवाफ दिंदै उनले विगतमा पनि त्यस्ता घटनामा संसदीय छानवीन समिति बनेको स्मरण गर्दै यस्ता विषयमा सरकारले बेवास्ता गर्न नमिल्ने उनको भनाई थियो ।
 ‘बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेशगरे भन्ने प्रश्न उठिसकेपछि सरकारले यो कुरामा म निर्देश छु भन्ने प्रमाणित गर्नका लागि पनि सिसीटिभी राख्नु पर्ने हो । त्यो डिलिट गर्ने होइन । डिलिट गर्दाखेरी के देखिन्छ भने यस विषयमा त सरकार सबुत प्रमाण मेटाउन खोज्यो । सबुत प्रमाण मेटाएर कोही व्यक्ति निर्दोष हुन सक्दैन । र, यो गम्भिर अपराध हो । यस विषयमा संसदमा पटकपटक कुरा उठेको छ । सरकारले यसलाई वास्ता गरेको छैन । यसमा सरकारले तुरुन्त अगाडि बढनु पर्दछ ।’ सांसद कर्णले भने ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: