×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लुम्बिनी बिकास बैंकमा लफडा, दुई दिनमै उल्टियो सीइओ नियुक्तिको निर्णय, संचालक समितिमा पनि गुटबन्दी !

काठमाडौँ । अनेक काण्डमा मुछिईरहने लुम्बिनी बिकास बैंकमा फेरि चरम लफडा देखिएको छ । बिजय बहादुर श्रेष्ठलाई सीइओका रुपमा नियुक्ति गरिएको २ दिनपछि पुन: बैंकले वर्तमान सीइओलाई नै निरन्तरता दिने बताएपछि बैंकको लफडा सतहमा आएको हो ।

बैंकको एक पक्षले एउटा सीइओ बनाउने र अर्को पक्षले अर्को सीइओ बनाउने भएपछि एक त सीइओ नियुक्ति भएका बिजय बहादुर श्रेष्ठको बदनाम भएको आभास धेरैले गरेका छन् भने अर्कोतर्फ पुनर्नियुक्ति पाएका सीइओ पनि अव यसरी कतिन्जेल टिक्लान् र भन्ने प्रश्न उब्जिएको छ ।
बैंकको असार २८ गते बसेको सञ्चालक समितिको ४२५ औं बैठकले श्रेष्ठलाई साउन २ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीइओमा नियुक्त गरिएको थियो । उक्त निर्णय बैंकले नेप्सेलाई पनि जानकारी दिएको थियो भने नेप्सेले पनि सो कम्पनीको जानकारी आम नागरिकसम्म पुर्याएको थियो ।
तर, त्यसलगत्तै ३० गते बैंकले आफैंले पूरानो निर्णय खारेज गरेर नयाँ सीइओ नियुक्ति गरेको जानकारी नेप्सेलाई दियो । बैंकले नेप्सेलाई पठाएको पत्रमा असार ३० गते बसेको सञ्चालक समितिको ४२७ औं बैठकले असार २८ गतेको निर्णयलाई रद्द गरी सीइओमा नरेश सिंह बोहरालाई नियुक्त गर्ने निर्णय गरेको उल्लेख छ ।
उनी साउन २ गतेदेखि लागु हुनेगरी ४ बर्षका लागि सीइओ भएका त छन्, तर यसरी विवादमा परिरहँदा उनलाई काम गर्ने वातावरण होला त ? भन्ने प्रश्न पनि उब्जेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: