काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्न पनि ब्याजदर बढाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभा संघीय संसद अन्तरगतको अर्थ समितिले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धि छलफलमा उनले मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताएका हुन् । चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएकोले ब्याज बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।
‘विकसित मुलुकहरू न्यून मुद्रास्फीति हुने गरेकोमा २०२२ मा बढेर ५.७ प्रतिशत पुग्ने अनुमान छ । २००८/०९ को मन्दिमा पनि नभोगेको मूल्य वृद्धि विश्व अर्थतन्त्रले भोगोको छ, चालु आर्थिक वर्षमा मूल्यवृद्धि सीमाभित्र राख्न कठिन छ । आगामी दिनमा पनि कठिन देखिन्छ । मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने, तथा कोभिडको समयमा दिएका सहुलित हटाउँदै लैजाने नीति ठूला र विकसित अर्थतन्त्र भएका मुलुकको छ । हामीले पनि त्यसमा ध्यान दिनुपर्ने देखिन्छ ।’ कार्यक्रममा बोल्दै उनले भने- ‘हामीलगायत धेरै मुलुकमा परेको ठूला समस्या बाह्य क्षेत्रको दबाब नै हो’ उनले भने, ‘ चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ४७ करोड डलरले विदेशी मुद्रा सञ्चित घटेको छ । ६ महिनाभन्दा बढीको आयात धान्न सकिन्छ । जुन नराम्रो हैन तर जुन रूपमा घट्यो यसरी घट्दा जोखिम हुन्छ कि ।’
तरलता व्यवस्थापन गर्न तीन खर्बभन्दा बढी अहिले पनि राष्ट्र बैंकले बजारमा पैसा पठाएको बताउँदै उनले कोभिडको बीचमा दिएका सुविधाहरु अव नदिनेगरी मौद्रिक नीति आउने गभर्नर अधिकारीको भनाई छ । नेपाली मुद्रा ७ प्रतिशतको अवमूल्यन भएको बताउँदै उनले अहिलेको स्थितिलाई मध्यनजर गरेर मौद्रिक नीति आउने उनको भनाई थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्