काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफु चार्टर्ड एकाउन्टेन्ट हुनुमा गर्व गर्ने गरेको बताएका छन् । मंगलबार नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)ले गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपाल राष्ट्र बैंकमा जागिर खाँदा नै आफु सिए पढ्न भारत गएको र अहिले नेपालमै सिएको पढाई हुने कुरा सबैका लागि खुसीको कुरा भएको उनको भनाई थियो । आइक्यानले गरेको विद्यार्थी ‘ओरिएन्टेसन’ कार्यक्रममा गभर्नर अधिकारीले नेपालमा सिएको महत्वबारे पनि प्रकाश पारेका थिए । ‘म चार्टड एकाउन्टेन्ट हुनुमा गर्व गर्छु । यो कोर्सले दिने ज्ञान फरक र विशिष्ट खलको छ ।’ कार्यक्रममा सिए विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले भने, ‘मेहेनत गरेर पढे गर्न नसकिने केहि छैन।’
गभर्नर अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर बनेका नेपालकै पहिलो चार्टर्ड एकाउन्टेन्ट हुन्।
कार्यक्रममा आइक्यानका अध्यक्ष युद्धराज ओली, कार्यकारी निर्देशक संजय सिन्हा लगायतले पनि विद्यार्थीहरुलाई सिएको कोर्सबारे विशेष जानकारी दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्