काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले श्रम ऐन विपरित बदनियतपूर्ण तरिकाले आफुलाई हरेक महिना सरुवा गरेर दुख दिएको भन्दै कम्पनीका एक मेनेजर बीमा समितिसम्म पुगेका छन् । कम्पनीको दमक शाखामा काम गर्दै आएका नरेन्द्र राज दाहालले कम्पनीका डेपुटी सीइओ रामेश्वर श्रेष्ठ र एचआर प्रमुख सपना खरेलको मिलेमतोमा आफुलाई कम्पनीमा काम नै गर्न नदिने बदनियत राखेर हरेक महिना सरुवा गर्ने गरेको, सरुवा भएको ठाउँमा हाजिर गर्न जाँदाको खर्च नदिएर उल्टै ६ दिनको तलव काटेको, र काम गरेको तलव माग्दा उल्टै ‘टार्गेट पुगेको छैन, तलव माग्न लाज लाग्दैन ?’ भनेर हपारेको भन्दै बीमा समितिमा कम्पनीविरुद्ध उजुरी गरेका हुन् । उनले प्रचलित कानुन विपरित कम्पनीले आफुलाई हरेक महिना नयाँ नयाँ ठाउँमा सरुवा गर्ने गरेको र गाडीमा जान नै २२ घण्टा लाग्ने ठाउँमा भोलिपल्टै पुग्नु भन्ने आदेश दिएर आफुलाई ‘टर्चर’ दिएकोसमेत आरोप लगाएका छन् । सुरुमा मुद्धाका लागि उच्च अदालत पुगेका उनी यस विषयमा उच्च अदालतले मुद्धा नलिने भनेपछि श्रम कार्यालय पुगेका थिए । त्यहाँबाट पहिला नियामकमा उजुरी दिनु भन्ने सल्लाह पाएपछि उनले अन्तत: बीमा समितिमा उजुरी गरेका हुन् ।
भएको के हो ?
दाहालका अनुसार श्रीमती बिरामी भएका कारण केहि समय सरुवा रोकिदिनु भन्ने आग्रहसमेत नमानेपछि उनी नुवाकोट पुगेका थिए । ‘म नुवाकोट त गएँ । तर समयमा हाजिर हुँदा पनि समयमा हाजिर नभएको भन्दै मेरो ६ दिन को तलव काटियो । मलाई गर्दै नगरेको गल्तीमा स्पष्टीकरण सोधियो, स्पष्टीकरण दिएपछि मलाई उल्टै फेरी जुम्ला सरुवा गरियो । मलाई भोलि जुम्ला हाजिर हुनु भनिएको छ, जवकि यहाँबाट जुम्ला जान नै २२ घण्टा लाग्नेरहेछ । महालक्ष्मीले दिएको तलव त कम्पनीकै लागि खर्च हुने भयो । अति होइन, अत्याचार भएपछी मैले यस विषयमा उजुरी गरेको हुँ । बीमा समितिबाट न्याय पाइन भने म अदालत पनि जान्छु । किनकि मलाई कर्मचारी विनियमावली र श्रम ऐन विपरित बदनियत राखेर सरुवा गरिएको छ ।’
साथै उनले आफुले काम गरेको तलव माग्दा उल्टै एचआर प्रमुख सपना खरेलले ‘पैसा माग्न लाज लाग्दैन’ भनेर दुर्व्यवहार गरेकोसमेत दाबी गरेका छन् । ‘घरमा श्रीमती बिरामी, यस्तो तरलता अभावको समयमा टार्गेट पुगेन भनेर एक ठाउँसम्म त सरुवा गरियो तर मलाई त हरेक महिनाजसो सरुवा गरेर दुख दिने काम भयो । आएको पैसा जति सबै कम्पनीकै काममा खर्च भएपछि मैले मेरो परिवार कसरी पाल्ने ?’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘आफ्नो तलव माग्दा पनि तलव माग्दा लाज लाग्दैन ? भनेर सोधियो । आफुले गरेको दुखको पारिश्रमिक माग्दा किन लाज मान्नुपर्ने मैले ? कम्पनीले म माथि अत्ति होइन, अत्याचार गर्यो । त्यसैले न्यायका लागि जानैपर्ने भएको थियो र गएँ ।’
के भन्छ कम्पनी ?
यस विषयमा बुझ्न हामीले बैंक कम्पनीका डेपुटी सीइओ रामेश्वर श्रेष्ठसँग सम्पर्क गरेका थियौँ । उनले दाहालले त्यसो भन्नु नपर्ने भन्दै पन्छिने प्रयास गरे । ‘मेरो दाहालजीसँग राम्रै कुरा भईरहेको छ, उहाँले त्यसो भन्नु नपर्ने हो हो। ‘ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘मैले नै भिलेन खेलेको भनेर उहाँले भन्नु नपर्ने हो ।’ उनका अनुसार कम्पनीमा बैङ्किङ कसुरमा परेकी व्यक्ति प्रबन्धकमा ल्याईएकोसमेत कुरा साँचो होइन । ‘उहाँले के भन्नुभयो त्यो मलाई थाहा छैन, तर कुरा त्यसो होइन ।’ अर्थ सरोकारसँगको कुराकानीमा उनले भने, ‘बाँकी मलाई थाहा छैन, एचआर प्रमुखसँग कुरा गर्नुहोला।’ त्यसपछि हामीले कम्पनीकि एचआर प्रमुखसँग कुराकानी गर्ने प्रयास गर्यौँ । तर उनले हाम्रो फोन ११ पटकसम्म पनि उठाईनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्