×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँच वर्षअघि एमालेले नाम राख्दा महाप्रसादले प्रतिवाद गरेको खुलासा, हेर्नुहोस् महाप्रसादको पत्र र एमालेको जवाफ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

पाँच वर्षअघि एमालेले नाम राख्दा महाप्रसादले प्रतिवाद गरेको खुलासा, हेर्नुहोस् महाप्रसादको पत्र र एमालेको जवाफ

काठमाडौँ । अहिले महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागमा भएको भनिएका एम अघिकारी हुन् भन्ने चर्चा चौतर्फी छ । एमालेको  विभागमा बसेर काम गरेको भन्दै उनीविरुद्ध आन्दोलन पनि भईरहेको छ । तर गभर्नर अधिकारीले  २०७३ सालमै एमालेलाई आफ्नो नाम नसोधी राखेको भन्दै प्रतिवाद गरेको खुलासा भएको छ ।
२०७३ सालमा एमालेले अर्थ विभागको सदस्य बनाएपछि आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र अर्थ विभागको सदस्यता लिने मनसाय भएकाले हटाइदिन आग्रह गरेका थिए ।
उनको पत्रको जवाफ लेख्दै एमालेले नाम भुलबस परेको भनेको थियो । एमालेका तत्कालीन सचिव कृष्णगोपाल श्रेष्ठले अर्थ तथा योजना विभागमा नाम रुजु गर्दा अधिकारीको नाम भेटिएको र उनको नाम भुलबस पर्न गएको र अन्तिम नामावलीमा उनको नाम नरहेको भन्दै अधिकारीलाई लिखित पत्राचार गरेका थिए ।

उनले यसरी प्रतिवाद गर्दा उनी कुनै पनि सार्वजनिक पदमा थिएनन् ।
यद्यपी एमालेको अर्थ तथा योजना विभागका सदस्य देउकाजी श्रेष्ठले उनी सो विभागमा आउने गरेको र आफुले सँगै काम गरेको भनी दिएको अभिव्यक्तिसमेत चर्चामा छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: