×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

म्यानको कार्यक्रममा गभर्नर: गम्भिर हुँदै भने-‘कहिलेकाहीं सहनु पनि पर्छ’, मुस्कुराउँदै बोले-‘समयमै नीति आउँछ’ (भिडियो)

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समयमा नै मौद्रिक नीति आउने बताएका छन् ।म्यानेजमेन्ट अशोसिएसन अफ नेपाल(म्यान)ले आज राजधानीमा आगामी मौद्रिक नीतिको विषयमा सुझाव संकलनका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नरले समयमै मौद्रिक नीति आउने र नीतिले सबैलाई समेट्ने बताएका हुन् । यसपटकको मौद्रिक नीतिले केहि क्षेत्रलाई असहज हुने अवस्था आउन सक्ने बताउँदै उनले कहिलेकाहीं सहनुपपनि पर्ने बताए ।

‘अर्थतन्त्र असजिलो भएका बेला सबै कुरा सहज नहुन सक्छन् । कुनै न कुनै किसिमको सहनुपर्ने अवस्था छ, त्यस्तो स्थिति आउँछ ।’ केहि गम्भीर भएर उनले भने-‘ कहिलेकाहीं सहनुपनि पर्छ,  एकआपसमा अलि अलि सम्झौता नगरी हुँदैन । ब्याज बेसी पर्ला, कतिपय सेक्टरलाई अब आउने मौद्रिक नीतिले अप्ठ्यारो पनि पर्ला, त्यसका लागि कम्प्रोमाइज गर्नुको विकल्प छैन ।’ आउँदो मौद्रिक नीति अलि कसिलो हुनेतर्फ संकेत गर्दै उनले भने- ‘हामी कोभिडका बीचमा थियौं, गतिविधि थिएन,सप्लाई चेनहरु ब्रिच भएका थिए । गर्नसक्ने ठाउँ केही छ भने गरौं भनेर मौद्रिक नीतिमार्फत धेरै रिल्याक्सेसनका कुराहरु आएका थिए । त्यो नीतिका कारण हाम्रो अर्थतन्त्र भी सेपमा रिबाउण्ड पनि भयो । तर अब त्यस्ता छुट तथा रिल्याक्सेसनहरु सधैं रहदैनन् । त्यस्तो आशा पनि गर्नुहुँदैन।’

कार्यक्रममा उनले पूर्ववक्ताहरुले उठाएका केहि विषयहरुमा पनि मौद्रिक नीतिले कस्तो सम्बोधन गर्छ भन्ने तथ्यतर्फ पनि संकेत गरेका थिए । देशमा भएको स्रोतलाई अव पनि उत्पादनमूलक क्षेत्रमा नल्याउने हो, देश आयातमै निर्भर हुने चुनौती रहेको बताउंदै उनले आयातका विषयमा मौद्रिक नीति थप कसिलो हुनेतर्फ संकेत गरे । जीडीपीभन्दा ठूलो आकारको स्रोत वित्तीय संस्थासँग रहेको बताउंदै उनले ती स्रोतहरुलाई आन्तरिक उत्पादन बधाउनमा प्रयोग गरिनुपर्नेतर्फ विशेष जोड दिए। ‘आन्तरिक उत्पादनलाई जोड दिनुपर्छ, सोही अनुसारको पोलिसी आउँछ । अब बैंकबाट मात्र आशा नगर्नुस् । विजिनेश कम्युनिटीले पनि हातेमालो गर्ने बेला आएको छ ।’ कार्यक्रममा बोल्दै उनले भने । निजी क्षेत्रको योगदान र साथ विना सरकारले लिएको ८ प्रतिशतको वृद्धि हासिल हुन नसक्ने बताउँदै उनले अन्तिममा मुस्कुराउँदै भने- ‘मलाई यहि भन्न बोलाउनुभएको होला, मौद्रिक नीति समयमा नै आउँछ ।’

बाँकी उनले के के भने, भिडियोमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: