काठमाडौँ । मन्दाकीनी हाइड्रोपावर लिमिटेडले आज साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले २३ हजार ५ सय २१ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ भने ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको हो । बाँकि १० लाख ९३ हजार ७ सय ४९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् । लगानीकर्ताले साउन १२ गतेसम्म आवेदन दिन सक्ने छन् । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्ने भएको छ।
कम्पनीले यस अघि नै कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका आयोजना प्रभावित स्थानीयलाई सेयर निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्