×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एम अधिकारी’ भनिएका मनोज अधिकारी सम्पर्कमा आए, भने- ‘एमालेको सो समितिमा म बस्दिन’

PRIME CA
GLOBAL IME BANK

‘एम अधिकारी’ भनिएका मनोज अधिकारी सम्पर्कमा आए, भने- ‘एमालेको सो समितिमा म बस्दिन’

३१ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागमा बसेको भन्ने खबरले यति बेला बजार तताएको छ । महाप्रसाद अधिकारीले सो एम अधिकारी आफु नभएको स्पष्टीकरण दिए पनि यो विषय सडकदेखि सदनसम्म पुगेको छ र धेरैलाई एम अधिकारी भनेकै महाप्रसाद हुन् भन्ने छ । पछि नेकपा एमालेको सचिवालयले एम अधिकारी भनेको मनोज अधिकारी हुन् र उनी बिराटनगरका सिए हुन् भन्ने जानकारी मिडियालाई दिएपछि बिराटनगरका चार्टड एकाउन्टेन्ट मनोज अधिकारी आफैं अलमल्लमा परे । त्यसपछि आज अर्थ सरोकारको सम्पर्कमा आएका उनले केहि संचारमाध्यममा आएका समाचारहरुप्रति आफु असन्तुष्ट भएको बताउँदै एमालेले बनाएको भनिएको सो समितिमा आफु नबस्ने बताएका छन् ।

‘हिजो देखि केहि सामाजिक सन्जाल तथा अनलाइन मिडियाहरुमा मेरो बारेमा आएका भ्रामक समाचारहरु  सम्बन्धमा निम्नानुसार स्पष्ट पार्न चाहन्छु । उनले बुँदागत रुपमा भनेका छन् :

१. अषाढ मसान्तको समयमा पेशागत व्यस्तताले हिजो देखि सामाजिक सञ्जाल बाहिर थिए ।

२. भर्खरै एक्यान प्रदेश १ को प्रमुखमा निर्वाचित भए सगैँ नेकपा एमालेको सक्रिय सदस्य भएको नाताले पार्टिले केहि महत्वपूर्ण जिम्मेवारी दिने कुरा चलिरहेको थियो ।

३. केहि दिन अगाडी पार्टिको अर्थ तथा योजना समितीमा तपाइलाई मनोनय गरियो भन्ने कुरा पार्टिका जिम्मेवार व्यक्तित्वहरुबाट मौखिक रुपमा जानकारी पाएको र अहिलेको कार्यगत व्यस्तताले गर्दा सो को यथार्त यकिन गर्न असमर्थ रहेको थिए ।

४. हाल उक्त समितिको नाम गभर्नर महाप्रसाद अधिकारी ज्यू सँग मिल्दो जुल्दो भएकोले उक्त समितिमा म नै मनोनित भएको हो या हैन भनि हाल सम्म यकिन छैन  र मनोनित नै भएको हो भने पनि हालको असमान्य परिस्थिति तथा मेरो व्यक्तिगत कारणले म उक्त पद धारण गर्न असमर्थ रहेको व्यहोरा सम्बन्धित सवैमा जानकरी गराउन चाहान्छु ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: