काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका एक उच्च अधिकारीले मौद्रिक नीति शुक्रबार ल्याउने तयारी गरेको पुष्टी गरेका छन् ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मौद्रिक नीतिको ब्रिफिङ गरेपछि अन्तत: शुक्रबार मौद्रिक नीति ल्याउने तयारी भएको हो । राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार शुक्रबार राष्ट्र बैंकको संचालक समिति बस्ने र त्यसपछि मौद्रिक नीति सार्वजनिक हुने भएको हो ।
राष्ट्र बैंकको संचालक समितिले मौद्रिक नीति पास गर्नुपर्छ । सो नीति संचालक समितिले पास गरेपछि अन्तत: मौद्रिक नीति सार्वजनिक हुन्छ ।
‘ड्राफ्ट तयार भयो । अव संचालक समितिले नीति पास गर्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै राष्ट्र बैंक स्रोतले भन्यो, ‘संचालक समितिले पास गर्नेबित्तिकै मौद्रिक नीति आउँछ । शुक्रबार बेलुकी नीति सार्वजनिक हुने पक्कापक्की जस्तै छ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्