काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्बजनिक गरेसंगै सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ । मौद्रिक नीति सार्वजनिक भए पछिको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा ६१.०५ अंकको बढोत्तरी भएको छ । मौद्रिक नीतिले सेयर धितो कर्जा गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को लागि केही खुकुलो गर्दा यसको प्रभाव बजारमा सकारात्मक देखिएको हो । कारोबारको पहिलो दिन बजार ३.०३ प्रतिशतले बढेर २०७८.५१ विन्दुमा पुगेको हो।
आइतबार तीन वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स कम्पनी, समृद्धि फाइनान्स कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । बजार बढेका दिन अधिकांश ऋणपत्रसहित १२ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । आज गुमाउने कम्पनीको सेयर मूल्य १.५२ प्रतिशतले मात्रै घटेको छ ।
आज सबैभन्दा बढी कारोवार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३९ करोड ७१ लाख ३१ हजार ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेमा सूचीकृत कम्पनीमध्ये आज २१९ कम्पनीको ६४ लाख २३ हजार कित्ता सेयरको ४२ हजार पटक कारोवार भएको छ । आज २ अर्ब ७३ करोडमाथिको सेयर कारोवार भएको पनि नेप्सेले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्