×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘माइक्रो फाइनान्सले माइक्रो नै भएर काम गर्नुपर्छ, म्याक्रो हुन नखोज्नूस्’ : राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ (भिडियो)

काठमाडौँ । लघुवित्तसँग सरोकार राख्ने सरोकारवालाहरुले आउँदो मौद्रिक नीति लघुवित्तलाई बचाउनेगरी आउनुपर्ने बताएका छन् । माइक्रोफाइनान्स एसोसिएन अफ नेपालले काठमाडौँमा आयोजना गरेको मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा सहभागीहरुले मौद्रिक नीति लघुवित्तलाई बचाउनेगरी आउनुपर्ने र अवको नीतिले निक्षेप परिचालन गर्नेतिर सोच्नुपर्ने बताएका हुन् ।

‘अब आउने मौद्रिक नीति लघुवित्तलाई बचाउन खालको हुनुपर्छ । अहिले धेरै लघुवित्तहरु अप्ठ्यारो स्थितिमा छन् । उनीहरुका समस्यालाई सम्बोधन गरेर ती समस्याको समाधान हुनेगरी नीति आउनुपर्छ ।’ कार्यक्रममा सहभागी हरि ढकालले भने-‘अवको मौद्रिक नीतिले निक्षेप परिचालन गर्नेतर्फ सोच्नुपर्छ । कतै नभएको ब्याजदरको क्यापलाई हटाइनुपर्छ। ‘

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले लघुवित्तहरुलाई माइक्रो भएर माइक्रा लेभलमै काम गर्न सुझाव दिएका छन्। ‘माइक्रोको जुन शब्द छ तपाईँहरू माइक्रो नै भएर बस्नुहोस् । म्याक्रो हुने खोजेर कामै छैन । माइक्रोमै रहेर गुणस्तर सुधार गर्न खोज्नु होस् ।’ कार्यक्रममा बोल्दै उनले भने- ‘कहिलेकाहीँ घाम लाग्छ, कहिले बादल लाग्छ, कहिले पानी पर्छ भने जस्तै अहिले तरलताको अभाव हुन गएको छ । कराएर मात्रै तरलता आउँदैन । केन्द्रीय बैंकसंग खनेर निकाल्न सक्ने योग्यता छैन । यस्तो अवस्थामा गुणस्तरमा ध्यान दिन आवश्यक छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: