Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्रीको राजीनामापछि सचिव मरासिनी मन्त्रालय फर्के

अर्थ सरोकार

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्केका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका थिए ।

आफ्नो स्वास्थ्यमा केहि समस्या देखिएकाले आफू मन्त्रालय आउन नसकेको बताएका थिए । बिहीवार भने मरासिर्नी मन्त्रालयको आफ्नै कार्यकक्षमा भेटिएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले बुधबार आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । साथै अर्थमन्त्रीको राजीनामासँगै सचिव मरासिनी मन्त्रालय फर्किएको बुझाई धेरैको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK