×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मान्छे चिनेर कुरा सुनौं, कम्पनी हेरेर, बुझेर लगानी गरौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘मान्छे चिनेर कुरा सुनौं, कम्पनी हेरेर, बुझेर लगानी गरौँ’

Artha Sarokar

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारमा अव के गर्ने ? बजार कता जाला ? यो लगानीकर्तामा सधैंजसो उठ्ने प्रश्न हो । साउन लागेपछि बजारमा देखिएको हरियोपन मौद्रिक नीतिपछि ‘झन् हरियो’ भएको छ । बजारमा आशाका नयाँ किरण देखिएका छन् । त्यसो भन्दैमा के बजारमा हाम फालीहाल्ने हो त ? अव के गर्ने ? लगानीकर्ता नवराज दाहालले यस्तो ‘सेयर टिप्स’ बाँडेका छन् । उनी लेख्छन्-
सेयर बजारको लागि अब राम्रा समाचार आउन कमै मात्र बाँकी होलान् । आउनुपर्ने सबै सुखद् समाचार आइसकेका छन । अव हामी लगानिकर्ता स्वयम् सजग भएर कारोबार गर्नुपर्ने हुन्छ।
१. अहिले धेरै कम्पनी मर्जर र प्राप्तिको कारण रोक्कामा छन । रेगुलर रुपमा ठूलो कारोबार नहुन सक्छ । जब ठूलो भोलुम आउँछ, अनि बजार प्रवेश गर्छु भनेर नकुर्नुस् । आफ्नो क्षमता अनुसार लगानि गरिहाल्नुस् ।
२. बजार बढेपछि सबै बिज्ञ भएर गफ दिन लाग्छन् । जब बजार घट्छ सबै आ-आफ्नो चिन्ताले गायब हुन्छन.. मान्छे चिनेर मात्र कुरा सुन्ने गर्नुस । सकेसम्म कुरा सबैको सुनेर निर्णय आफ्नो लिनुस् ।
३. किन्ने बेला हो भन्ने धेरै भेटिन्छन तर बेच्ने बेला हो भन्ने कोहि हुदैनन् । किनकी बेच्ने भनेको तपाइको आफ्नो योजना अनुसार हुनुपर्छ । तपाइलाइ कति नाफा हुदा बेच्न तयार हुनुहुन्छ । अरुलाइ थाहा हुदैन । त्यसैले आफ्नो नाफाको निश्चित दायरा बनाउनुस् । अनि समय समयमा नाफा बुक गर्दै गर्नुस् ।
४. सेयर बेचे अव त्यसको पैसा बैक खातामा आएपछि अर्को कम्पनी किन्छु भन्ने गल्ती कहिल्यै नगर्नुस् । पैसालाइ त्यत्तिकै खाली छोड्नु हुन्न । एउटा बेच्नु भयो भने अर्को कम्पनी तुरुन्तै किनिहाल्नुस् । आफुले कारोबार गर्ने कम्पनीको साथमा पैसा भए यो किन्थे भनेर किन्न चाहेको कम्पनी सधै वाचलिष्टमा राख्ने गर्नुस् ।
५. सामान्य कारोबार गर्न लामो लामो कोर्स सिक्नु र पैसा तिरेर ठूलो ठूलो कुरा सिक्नु पर्दैन । अनि ठूलो ठूलो प्याकेजको बित्तीय सहयोग प्रदान गर्ने सामाग्री किन्नु पनि पर्दैन । सामान्य कारोबारको लागि आफैले स्वअध्यन गरे पर्याप्त ज्ञान लिन सकिन्छ ।
६. आफ्नो लगानिको प्रकृति अनुसार मात्र लगानी गर्नुस् । अरुको भरमा लागेर अनावश्यक ऋण वा अनावश्यक कम्पनी किनेर फस्ने काम नगर्नुस । किनकि नाफा हुँदा मेरो सहयोगबाट कमाइस् भन्छन् । घाटा हुँदा तैंले गर्न जानिनस् भन्छन् ।
७. सबै किनेका कम्पनिलाइ माया गरेर पालेर राख्नु हुदैन । बजार घटेको बेलमा अनावश्यक रुपमा घटेका कम्पनी बजार बढ्दा पनि त्यसरी नै बढ्छन त्यस्तो बेलामा आफुसँग भएका कम्पनी गोडमेल पनि गर्नुपर्छ । एउटाबाट घाटा खाए अर्कोबाट नाफा लिएर आफुलाई सुरक्षित बनाउनुपर्छ ।
८. सामाजिक सन्जालको दुरुपयोग गरेर आफ्नो कम्पनी बिकाउन आफै नक्कली ग्राहक वा प्रस्नकर्ता खडा गरेर आफुसँग भएको कम्पनीको बिज्ञापन गर्ने र जुन कम्पनीको बिज्ञापन गर्नु छ, त्यो कम्पनीको राम्रो-राम्रो मात्र बोल्न लगाउने गर्छन । होसियार भएर अगाडि बढ्ने ।
९. सेयर खरिद वा बिक्री गर्नु पहिला त्यसको एक हप्ताको प्राइस र भोलुमको अवस्था हेर्ने गर्नूस् । अनि मात्र खरिद गर्ने गर्नूस् । लगातार बढेको र लगातार घटेको कम्पनी किन्दा थप जोखिम हुन सक्छ ।
१०. बजारमा कमाउने वा कारोबार गर्ने मौका हिजो पनि थियो आज पनि छ भोलि पनि रहन्छ । हतार कुनै पनि कुरामा नागर्नूस । आफुले लिने निर्णय सहि हो भन्ने लागेपछी मात्र निर्णय लिने गर्नूस् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी