×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्ततः सफल भयो एनबी र नबिलको प्राप्ति प्रक्रिया, ३१ तस्विरमा हेर्नुहोस् ‘नयाँ नबिल’को सक्सेस पार्टी (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार

PRIME CA

अन्ततः सफल भयो एनबी र नबिलको प्राप्ति प्रक्रिया, ३१ तस्विरमा हेर्नुहोस् ‘नयाँ नबिल’को सक्सेस पार्टी (फोटो-कथा)

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सोमबारबाट सुरु भएको छ । असार १९ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सोमबारबाट दुई बैंकले नबिल बैंक लिमिटेडका नाममा एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो । सोहि निर्णयअनुसार आज ९सोमबार०देखि नबिल बैंक लिमिटेडका नाममा एकिकृत कारोबार सुरु भएको छ । १००स्४१ स्वाप रेसियोमा नबिलले नेपाल बंगलादेश बैंकलाई गाभेपछि नबिल बैंकको कुल साखा संजाल दुई ५४ पुगेको छ ।

बैंकले एकिकृत कारोबार सुरु गरेको खुसीयालीमा आज सोमबार बेलुकी हायात रिजेन्सी होटलमा विशेष कार्यक्रम राखिएको छ । सो कार्यक्रममा सबैजसो बैंकका प्रतिनिधिहरु उपस्थिति हुनेछन् । यो समाचार तयार गर्दासम्म हायात रिजेन्सी होटलको माहोल ‘रमाइलो’ देखिएको छ । नबिलका कर्मचारीहरु नेपाली पोशाकमा सजिएर खुसी साट्न आइपुगेका छन् ।

सोही कार्यक्रममा नबिल बैंक लिमिटेडका नवनियुक्त सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैंक लिमिटेडलाई अझ सशक्त बनाउने बताएका छन् । यस्तै नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरिसकेपछि बनेको नबिल बैंक लिमिटेडले निक्षेप, कर्जा, लगायतका सूचांकहरुमा सबैभन्दा अब्बल हुनेगरी अगाडी बढ्ने उनको भनाई छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि धेरै कुरामा नबिल बैंक अझै अब्बल बनेको बताउँदै उनले नबिलको ब्राण्डलाई अझ सशक्त बनाउने प्रतिबद्धता सीइओ ढुंगानाको छ ।

यता नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र पौडेलले नेपाल बंगलादेश बैंकबाट नबिलियन बनेका कर्मचारीमाथि कुनै पनि खालको भेदभाव नहुने स्पष्ट पारेका छन् । साथै बैंक नाफामा मात्रै नभई लगानीकर्ता र निक्षेपको हक हितप्रति जिम्मेवार रहेको बताउँदै उनले नबिल बैंक नाफामा मात्र नभई लगानीकर्ता र निक्षेपको हकहितप्रति पनि जिम्मेवार रहने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: